ताजा अपडेट »

पश्चिम नवलपरासीका चारवटै सुरक्षा निकाय ‘हाई एलर्ट’मा

बुधबार, ०२ असार २०७८, १६ : ५५
30 Shares
बुधबार, ०२ असार २०७८
30 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा चारवटै सुरक्षा निकायलाई हाई एलर्टमा राखिएको छ । अविरल बर्षाका कारण जिल्लाका विभिन्न भुभागहरु डुवानमा पर्ने र बाढी पहिरोको समेत जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको हो । बैठकले उद्धार तथा राहातका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

सम्भावित विपदको अवस्थामा सहज रुपमा सुचना संकलन गर्नका लागि प्रमुख जिल्ला अधिकारी मिश्रको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रमुखहरु सदस्य रहनेगरी संयुक्त सुचना संकलन केन्द्र गठन गरिएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउृन्ने खण्डमा पहिरोको उच्च जोखीम भएकोले त्यस क्षेमा पैरो गए तत्कालै राजमार्ग सुचारु गराउनेगरी एकसाभेटर तयारी अवस्थामा राख्ने निर्णपनि गरिएको प्रजिअ मिश्रले बताएका छन् । नारायणीमा निरन्तर पानीको बहाव बढिरहेकोले सुस्ता गाउँ डुवान हुने जोखिम रहेकोले उद्धारका लागि शसस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल