ताजा अपडेट »

बिहेपछि किन मोटाउँछ मान्छे ?

विहीबार, ०३ असार २०७८, ०९ : २०
16 Shares
विहीबार, ०३ असार २०७८
16 Shares

तपाईंले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकाशं विवाहितहरु विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ?

बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् ।विवाहअघि मानिसहरु विवाहिताको जस्तो सन्तुलित र समयमा भोजन गर्दैनन् । तर विवाहपछि उनीहरुको भोजनको समय र खाने परिकार पनि बदलिन्छ । जसले बिस्तारै मोटोपन बढ्दै जान्छ ।

साथै विवाहपछि मानिसको दौडधुप, खेलकुद, व्यायामको गतिविधि पनि कम हुन्छ । जसले उनीहरूमा तौल वृद्धि गराउँछ ।यहि कारण हो अविवाहितको तुलनामा विवाहितहरुमा मोटोपना बढि हुन्छ ।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी