दाङ । राप्ती नदीमा बाढी आउँदा ४ जना फसेका छन् । दाङ लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबिच टापुमा राजपुर गाउँपालिकाका ३ जना र लमही नगरपालिकाका १ जना फसेका हुन ।
लमही नगरपालिका वडा नम्बर ७ का ४८ वर्षका मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ का ४५ वर्षिय सावित्रा यादव, सोहि ठाउँका २६ वर्षका राधे यादव र राजपुर९३ का २६ वर्षका गणेश यादव नदिको टापुमा भैसी चराउँदै गरेको अवस्थामा नदिमा पानीको बहाव बढेपछि नदिको बिचैमा फसेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।
टापुमा फसेका चारजनालाई उद्धार प्रयास भइरहेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार कार्यमा खटिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले बताए । भैँसी चराउन अस्थायी टहरा बनाएर बिच टापुमा बसेकाहरु रातभरि पानी पर्दा बाढी आएपछि फसेका हुन ।
प्रतिक्रिया