ताजा अपडेट »

कोरोना कहरमा फ्रन्टलाइनर्सको सहयोगी सुदिप

मंगलबार, ०१ असार २०७८, ०६ : ४९
22 Shares
मंगलबार, ०१ असार २०७८
22 Shares

बुटवल । कोरोनाले विश्व नै आक्रान्त बन्यो । नेपालमा लनि लकडाउन भयो । दोस्रो लहर पनि कडा रुपमा आयो । दोस्रो चरणको नयाँ भेरियन्टले आक्रमक रुपमा लुम्विनी प्रदेश सहित अन्य प्रदेशमा विकराल रुप लियो । जसले गर्दा, मावन जीवन त्रासमा रहँदै आएको छ ।

तर, अधिकांश नागरिक कोरोना घरभित्र वसेर वच्न सकिन्छ, भन्ने उपाय खोज्दै, गरेका वेला रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगरका सुदिप शर्मा नागरिकको दैनिकी अभाव र स्वास्थ्यलाई कोरोना वाट जोगाउन लगाईने मास्क लिएर विभिन्न अग्रस्थानमा रहेर काम गर्ने निकाय र व्यक्तिहरुलाई भेटेर मास्क बाँड्दै हिँडेका छन् ।

पहिलो चरणको संक्रमणका वेला विभिन्न संस्था र व्यक्तिले बाँडेपनि, दोस्रो चरणमा भने, कसैले नबाँडेका वेला, उनै सु्दिप मास्क र विपन्नको घरमा खाद्यान्न लिएर बाँड्दै हिँडेका छन् । विद्यार्थी जीवन देखि राजनितिमा होमिएका उनी केही समय अगाडि मात्रै काठमाण्डौं छोडेर, गृहजिल्ला रुपन्देहीमा अहिले समाज सेवामा तल्लिन छन् ।

निःशुल्क रुपमा ंमास्क बाँड्दै आएका सुदिपले, केहि व्यक्ति तथा उत्पादकहरुले दिएको सहयोग वितरण गरे, भने, पछिल्लो समय मास्क भने, आफै बाँडिरहेका छन् । विशेषगरी समाजमा रहेर अग्रस्थानमा काम गर्ने सुरक्षाकर्मीलाई उनका कार्यालय र सडकका चोकमा पुगेर स्वास्थ्य सामाग्रीहरु, मास्क र स्यानिटाईजर बाँड्दै आएका छन् ।

सरकारी स्तर वाट कुनै स्वास्थ्य सामाग्री नपाएका सुरक्षाकर्मीहरु निकै जोखिम मोलेर जनताको सेवामा खटिदै आएकाले, घरभित्र वसेका भन्दा पनि वढि असुरक्षित महशुस गरेका कारण आफुले बाहिर खुल्ला रुपमा खटिएर काम गर्दै आएका जोखिम योद्धाहरुलाई सहयोग गर्ने उद्देश्यले मास्क बाँडेको उनै सुदिप वताउँछन् ।

मस्क विना वाहिर हिड्दा, कतै कोरोना सर्छ कि भन्ने डरले, डराउँदै डिउटी गर्न वाध्य भएकाहरुलाई मास्क र स्यानिटाईजरको प्रवन्ध मिलाएर बाँड्दै हिँडेको उनको भनाई छ । उसो त, आफु पनि कोरोनाको उच्च संक्रमणको त्रासिदीलाई मोल्दै सेवामा निरन्तर लागि परेका छन् ।

मास्कको प्रयोगले धेरै हद सम्म वाह्य जीवाणुहरुलाई रोक्ने भन्दै, मास्कलाई प्रयोग गर्ने कुरामा भुल्न नहुने उनको सुझाव छ । तिलोत्तमा नगर भित्र वस्ने लकडाउनका कारण दैनिकी गुजार्न समस्यामा परेका केही विपन्न वर्गहरुलाई खाद्यान्न वितरण कार्यमा पनि जुटे । दृष्टि विहिन परिवार, एकल महिला र लकडाउनले वेरोजगार वनेकाहरुको भोको पेटको सारथी वने । उनलाई साथ दिने केही व्यक्ति पनि थिए भने, उनले नेतृत्व लिए ।

केहि समयको विचमा मायाँले भरिएको पोषणयुक्त (टिफिन बक्स) अभियान मार्फत् २ सय भन्दा धेरै कोभिड बिरामी, स्वास्थ्यकर्मी लगाएत अस्पतालका अन्य अग्रस्थानमा रहेर काम गर्नेहरुलाई तयार गरिएको ग्रेभी चिकेन, चिउरा तथा पिनट्स फ्राई समेत प्रदान गरे ।

जुन, वितरण अभियानमा उनलाई नेपाल विधार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेल, सुजन पुन र संजय पाण्डे लगायतले सघाएको वताए । वैशाख २९ गते उनले मंगलापुर स्थितर रहेको इलाका प्रहरी कार्यालय, बुटवल भैरहवा सडकखण्डमा पर्ने मंगलापुरमा रहेको अस्थायी टाफिक पोष्ट, योगिकुटी स्थित अस्थायी प्रहरी चौकी र बुटवको देविनगर स्थित अस्थायी प्रहरी चौकीलाई ३ सय प्रति मास्क र स्यानिटाईजर वितरण गरेको जनाए ।

समाज सेवा रमाउँदै गएका सुदिपले, अव समाजलाई हरेक सुचना प्रवाह गरेर सुुसुति गराउने र सुचना संकलनका लागि ज्यानको वाजी मारेर दौडिने सञ्चारकर्मीहरुलाई मास्क, स्यानिटाईज र ग्लोव वितरण गर्ने सोच वनाएको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।