ताजा अपडेट »

कोरोना नियन्त्रणका लागि नक्साङ्कन र अल्पकालीन योेजना निर्माण

शनिबार, २९ जेठ २०७८, १५ : ५५
12 Shares
शनिबार, २९ जेठ २०७८
12 Shares

रुकुमपूर्व । रुकुम पूर्वमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरिएको छ ।जिल्लामा कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न समस्या भएपछि नक्साङ्कन गर्नुका साथै योजना निर्माण गरिएको हो । नक्साङ्कन र योजना निर्माणका लागि यही जेठ १६ गते आशा परियोजनाका सामाजिक परिचालन अधिकृत केशवकुमार बिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा स्वास्थ्यकर्मीसहित विभिन्न राजनीतिक दल, नेपाल शिक्षक महासङ्घ र कर्मचारी मिलान केन्द्रका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा योजनाकार रहेका तिए। सो समितिले योजना निर्माण गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०मा पेश गरेको छ ।

कार्यदलले तीन वटै गाउँपलिकामा पुगेर त्यहाँका स्थानीय तह र वडाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिकलगायत सरोकारवालासँगको छलफल, अन्तरक्रिया र स्थालगत अध्ययनपछि प्राप्त तथ्याङ्कको आधारमा कोभिड—१९ नियन्त्रण नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरेको कार्यादलका संयोजक विसीले बताए । नक्साङ्कन तथा योजनामा स्थानीय तह, डिसीसीएमसी र सरोकारवाला निकायले कोभिड नियन्त्रणमा गर्ने कामहरुको बारेमा उल्लेख गरिएको छ ।

योजना निर्माण गरी निष्कर्ष र सल्लाह सुझावसहित डिसीसीएमसीमा पेश गरिएको संयोजक विसीले बताउनुभयो । डिसीसीएमसीको बैठकले कोभिड १९ नियन्त्रण नक्साङ्कन तथा प्रतिकार्य योजनालाई अनुमोदन गरेर कार्यान्वयनमा पनि लगिसकेको डिसीसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

यस्तै रुकुम ९पूर्व० मा अक्सिजन प्लान्ट खरिदको लागि सङ्घीय सरकारसँग बजेटको माग गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाटै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि सरकारसँग बजेट माग गरी पठाइएको हो ।

अक्सिजन प्लान्ट खरिदका लागि अर्थ मन्त्रालयमा रु २ करोड ५० लाख बजेट माग गरी पठाइएको प्रजिअ राईले बताउनुभयो । यस्तै अब जिल्लाको ३१ वटै वडामा कोरोना भाइरस सङ्क्रमण परीक्षणको दायरालाई बढाउने निर्णय पनि डिसीसीएमसीको बैठकले गरेको छ । रुकुम ९पूर्व० मा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसलाई नियन्त्रण गर्न ३१ वटै वडामा तीव्रगतिमा परीक्षणको दायरा बढाउने प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ । यसको सहजीकरण जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले गरने छन् । उनकै नेतृत्वमा वडास्तरमा कोरोना परीक्षण गरिने छ ।

यस्तै सबै वडामा वडाध्यक्षको संयोजकत्वमा कोभिड-१९ नियन्त्रण निगरानी समिति बनाउने निर्णय पनि डिसीसीएमसीले गरेको प्रमुख जिल्लाका अधिकारी राईले बताए । उनकाअनुसार उक्त समितिमा वडा समस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, सम्बन्धित टोलका प्रधानाध्यापक, नजिकको प्रहरी, आमा समूहका प्रतिनिधि रहनेछन् ।

रासस
लेखकको बारेमा
रासस