गुल्मी । दुई हप्ता अघिसम्म कोरोना विशेष अस्पतालमा बेड खाली नभएर भुई तथा अस्पतालको पेटीमा संक्रमितहरुको उपचार गराउनु पर्ने अवस्था थियो । पछिल्लो दुई हप्तायता भने लुम्विनी प्रदेशका कतिय कोराना बिषेश अस्पतालमा संक्रमितले उपचार गर्ने शैया (बेड) खाली हुन थालेका छन् ।
कोरोना हटस्पट बनेको रुपन्देही र बाँके जिल्लामा पछिल्लो समय संक्रमितको संख्या घट्दै जान थालेपछि यी दुई जिल्लामा बढि भिड हुने कोरोना बिशेष अस्पतालका बेडहरु खाली हुन थालेका हुन् । बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आईतबारदेखि दुबै अस्पतालमा ६९ वटा वेट खाली छन् । त्यस्तै वेस्टर्न अस्पतालको १४ र युनाईटेड अस्पतालको १२ वेड खाली भएका छन् । ति अस्पतालमा भर्ना हुन आउने संक्रमितको संख्या त्यसरी घट्दै जान थालेको बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट ब्यवस्थापन समितिका संयोजक शिवराम जेलालले जानकारी दिए । त्यस्तै ६÷७ वटा जिल्लासम्मका संक्रमितहरुको उपचार गर्ने मुख्य थलो लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्ष खाली भए पनि अन्य शैया भने क्रमशः खाली हुँदै जान थालेको अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरुले उपचार गर्ने एचडियूका ७ वटा वेड मध्ये एउटा खाली भएको छ । ईमर्जेन्सि वार्डका ३८ बेड मध्ये आठ वटा वेड खाली भएका छन् । मेडिकल वार्डका २० वटा मध्ये १० वटा वेड खाली भएका छन् । दुई हप्ता अघिसम्म कोरोना संक्रमणको भयावह थलो दाङ्ग जिल्लामा पनि कोरोना विशेष अस्पतालका वेडहरु क्रमशः खाली हुँदै जान थालेको त्यहाँका स्वास्थ्य प्रमुख डाक्टर अङ्गत बहादुर शाहीले जानकारी दिए । दाङ्गमा चार वटा कोरोना विशेष अस्पताल रहेको र ति अस्पतालका वेडहरु खाली हुँदै गएको उनले बताए ।
उनले जिल्लाका १० वटा पालिकाहरुमा पनि आईसोलेशन रहेको ति मध्ये कतिपय पालिकाहरुमा दुई तिन जना मात्रैले उपचार गराई रहेको र ५ वेट क्षमताको राजपुर गाउँपालिकाको आईसोलेशन र २० वेड क्षमताको गढवा गाउँपालिकाको आईसोलेशन पूरै खाली भएको जनाए । त्यस्तै गुल्मीका दुई वटा कोरोना विशेष अस्पताल मध्ये दुई वटामै केहि वेडहरु खाली हुँदै गएका छन् । गुल्मी अस्पतालका ३१ वटा वेड मध्ये ८ वटा खाली भएको त्यस अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले बताए । रेसुङ्गा अस्पतालमा संक्रिमतको उपचारका लागि छुट्टाईएका १० वटा बेड मध्ये ९ वटा वेड खाली भई सकेको त्यस अस्पतालका डाक्टर जिवन ठनेटले जानकारी दिए । लुम्बिनी प्रदेशका अन्य जिल्लाका कोरोना विशेष अस्तलाहरुमा पनि क्रमशः संक्रमितको उपचार गर्ने वेडहरु खाली हुँदै जान थालेको बताइएको छ ।
प्रतिक्रिया