ताजा अपडेट »

लागुपदार्थको लतदेखि मिष्टर काठमाण्डौंसम्मको यात्रा गरेका धिरज

सोमबार, २४ जेठ २०७८, २० : ००
32 Shares
सोमबार, २४ जेठ २०७८
32 Shares

बि.स.२०४५ सालमा बाग्लुङ्ग बलेवामा पिता मानबहादुर र माता प्रेमकुमारी घर्तीका कान्छा सन्तानका रुपमा धिरज घर्तीको जन्म भएको थियो । लाहुरे परिवारमा दुई दाजु मुनिका कान्छो भाइको रुपमा जन्मिएका उनि परिवारमा सानैदेखि लाडप्यारमा हुर्के । घरको आर्थिक सम्पन्नताले गर्दा धिरजले केहि माग्नु भन्दा अगाडि नै सबैथोक उनका अगाडि हुन्थ्यो । मायाले पुल्पुलिएका घर्ती कलिलो उमेरमा नै गलत संगतमा परे। साथीहरुको लहै–लहैमा लागेर लागुपदार्थ दु्रव्यसनीको दल–दलमा फसे। सामान्य लागूपदार्थबाट हुँदै उनि ब्राउन सुगरसम्म सेवन गर्न थाले। छोरो गलत संगतमा परेको देखेर परिवारले उनलाई सुधार्नका लागि वैदेशिक रोजगारीका लागि मकाउ पठाउने कठोर निर्णय गर्न बाध्य भए । मकाउमा पुगे पछि धिराजले काम खोज्न थाले ।

उनले त्यहाँ फरक–फरक कामहरूको अनुभव लिए । कहिले कन्स्ट्रक्सनको काम कहिले सेक्यूरिटी गार्डको काम गर्न थाले । समय बित्दै गयो, घरबाट टाँडा मुग्लान पुगेपछि बल्ल उनले परिवारको माया बुझ्न थाले । पैसाको महत्व चिन्न थाले । आफ्नो बिग्रेको बानीले परिवारलाई दुख पुर्याएको निकै पछुतो माने । यही क्रममा उनी बडिगार्डका रूपमा चिनियाँ साहुका घरमा काम गर्न थाले । साहुको व्यावसायिक कामका सिलसिलामा प्रायःजसो शहरबाट बाहिर रहने गर्थे । बिहान देखि साँझसम्म साहुनी मलेशिया जयना बर्राटको सुरक्षार्थ खटिने क्रममा धिरजको उनिसँग निकटता क्रमशः प्रेममा परिवर्तन भयो । दुबैले एक–अर्कालाई मनपराउन थाले । सँगैबाच्ने सँगैमर्न कसम खाँदै विवाह गर्ने टुंगोमा पुगे ।

बिदेश रहेको छोरो अचानक घर फर्केको देखेर परिवार छक्क परे। पोखरामा धिरजले मिलिसियालाइ लिएर लेकसाइडतिर बस्न थाले। केही समयपछि सन् २०१६ डिसेम्बर ५ तारिखमा धिरज र मिलिसियाको परिवारमा नयाँ सदस्यका रुपमा प्यारी छोरी ओर्लाको आगमन भयो। धिरज औधि खुशी भए।

उता शहर बाहिर रहेको मिलिसियाका श्रीमान घर फर्किदै गरेको थाहा पाएपछि दुबैजना मकाउबाट नेपालतर्फ भागे । काठमाडौँबाट हँुदै पोखरासम्म पुगे । बिदेश रहेको छोरो अचानक घर फर्केको देखेर परिवार छक्क परे । पोखरामा धिरजले मिलिसियालाइ लिएर लेकसाइडतिर बस्न थाले । केही समयपछि सन् २०१६ डिसेम्बर ५ तारिखमा धिरज र मिलिसियाको परिवारमा नयाँ सदस्यका रुपमा प्यारी छोरी ओर्लाको आगमन भयो । धिरज औधि खुशी भए । बेलायती राम्री श्रीमती मिलिसिया र सुन्दर छोरी ओर्लाका बीच धिरजलाई आफ्नो ५ फिट ११ इन्च ११८ केजीको शरीर कुरुप र भद्दा अनुभूति हुन थाल्यो । उनलाई भीमकाय आफ्नो शरीर देखेर आफू नै विरक्त लाग्न थाल्यो ।

उनले भने ‘एउटा सन्तानको उसको अभिभावकको परिचयबाट चिनिने गर्छ । मेरी छोरीलाई पनि मानिसले कस्ता कि छोरी भन्ला भन्ने डर मनमा लागि रह्यो । सुन्दर शरीर बनाउने रहरमा पोखरामा चर्चित शारीरिक सुगठन खेलाडी कमलराज भण्डारीको रत्नश्री जिममा व्यायाम गर्न थालेँ ।’ समय बित्दै गयो यूरोपको सुख–सयलयुक्त जिवनशैलीमा बेलायतीमा हुर्केकी मिलिसियाले नेपाली परिवेशमा ढल्न अलि कठिन मान्न थालिन् । धिरजसँग घर फर्किन अनुरोध गर्न थालिन् । धिरजले पनि श्रीमतीलाई ससुरालीमा एक पटक भेटघाट गरेर फर्किने गरेर बेलायत पठाए । केही समयपछि मिलिसिया धिरजले नेपाल नफर्किने निर्णय गरेको बताइन् । धिरजमाथि ठूलो बज्रपात पर्यो । आँखा अगाडि सारा चिज अँध्यारो लाग्न थाले। जीवनमा अब म मेरी प्यारी छोरी ओर्लासँग कहिल्यै भेट्न पाउदैन भन्ने बिचारले छट्पटाउन थाले ।

तर, प्रत्यक्ष भेट्दा जस्तो सन्तुष्ट भने हुँदैन् । म छिटोभन्दा छिटो आफ्नो छोरीलाई भेट्न चाहन्छु ।’ उनले भने । धिरजलाई आफ्नो र मन पर्ने बडी पार्टमा एब्स हो । नेपालमा शारीरिक सुगठन खेलले अन्य खेलहरुले तुलनात्मक महत्व नपाएको देखेर उनि भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा राम्रो गरिरहेपनि शारीरिक सुगठन खेल अझैपनि सरकारी दृष्टिकोणमा उपेक्षित अवस्थामा नै रहेको कुराले सार्है खल्लो महसुस भएको छ । अझैपनि यो खेल र खेलाडीका विकासमा सम्बन्धित निकायहरुबाट पाउनुपर्ने जति चासो खासै नपाएको देखिन्छ।’

अप्ठ्यारोमा उनले आशाका किरणका रुपमा शारीरिक सुगठन प्रतियोगितालाई देखे। राष्ट्रिय प्रतियोगिता हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र खेललाई सिँढि बनाउँदै बेलायत आफ्नो छोरीसम्म पुग्ने सपना बुन्न थाले । यहि सोचँ लिएर पोखराबाट उनी काठमाडौँतर्फ हानिए। त्यहीबेला काठमाण्डौंमा चौथो मिष्टर काठमाडौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना हुँदै थियो । धिरजले सो प्रतियोगिताको पुरुष फिजिक्स विधातर्फ खेल्ने मनसाय बनाए । लक्ष्य पहिले नै तय भइसकेको थियो मात्र त्यसलाई धार लगाउन बाँकी थियो । तर, लक्ष्य सहज भने थिएन । सुरु भयो सपना साकार पर्ने लडाईँ । उनी कठोर अनुशासित खानपान र घण्टौ व्यायामशालाका पसिना बगाउन थाले । तयारीका क्रममा उनले शारीरिक सुगठन खेलका जानकार मोहित कार्कीको प्रशिक्षणमा तयारी गर्न थाले ।

र उनको लक्ष्य पूरा भयो, अर्थात् उनी चौथो मिष्टर काठमाण्डौं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको पुरुष फिजिक्स विधाको उपधि विजेता बने । विजेता बनेर ट्रफि लिँदैगर्दा साथीभाई र परिवारका आँखामा हर्षका आँशु देखेर उनि भावविभोर भएका थिएँ । जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका धिरजले भने, ‘यो मेरो खेलजीवनको सबेभन्दा स्मरणीय दिन बन्यो ।’ सो प्रतियोगिताको तयारीका क्रम उनकी छोरी र श्रीमतीबाट समेत प्रोत्साहन पाएको धिरज बताउँछन् । मिष्टर काठमाण्डौ जिते लगत्तै भारतको बेङ्गलोरमा भएको अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता मशलमेनिया खेल्न धिरज त्यहाँ भारत पुगे । तर बिबादका कारण प्रतियोगिता स्थगित हुन पुग्यो । छोरीको विछोडको पीडामा रहेका धिरज भन्छन,‘ यद्यपि दैनिक जस्तो भिडियो कलबाट छोरीसँग कुराकानी त हुन्छ ।

तर, प्रत्यक्ष भेट्दा जस्तो सन्तुष्ट भने हुँदैन् । म छिटोभन्दा छिटो आफ्नो छोरीलाई भेट्न चाहन्छु ।’ उनले भने । धिरजलाई आफ्नो र मन पर्ने बडी पार्टमा एब्स हो । नेपालमा शारीरिक सुगठन खेलले अन्य खेलहरुले तुलनात्मक महत्व नपाएको देखेर उनि भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा राम्रो गरिरहेपनि शारीरिक सुगठन खेल अझैपनि सरकारी दृष्टिकोणमा उपेक्षित अवस्थामा नै रहेको कुराले सार्है खल्लो महसुस भएको छ । अझैपनि यो खेल र खेलाडीका विकासमा सम्बन्धित निकायहरुबाट पाउनुपर्ने जति चासो खासै नपाएको देखिन्छ।’

दु्रव्यसनीमा लागेका युवाहरुलाइ सुझाव दिँदै उनि भन्छन्,‘जीवनमा परिवर्तनको चाहाना आफ्नै मनबाट आउनुपर्छ अरुले गरिदिएर वा भनेर हुँदैन । जीवनका घटनाक्रमहरूले मानिसलाइ मनदेखि नै परिवर्तन गराउँदछ । मैले त आफ्नो शरीरलाई मात्र हैन जीवनलाई रुपान्तण गरेको छु । मानिसले चाहेमा गर्न सक्छ भन्ने तपाइहरुका लागि म नै एउटा प्रमाण हो।’ खेलजीवनमा उनले चाहे जस्तो सफलता प्राप्त गरेर उनले देखेको छोरीसम्म पुग्ने सपना साकार भएको देख्न आम शारीरिक सुगठन खेल प्रेमीहरुको लालायित छन्। उनलाई हाम्रो समेत शुभकामना छ ।

https://www.globalaawaj.com/archives/111390
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार