बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार कोरोना खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोना विरुद्धको भेरोसिल खोप लगाइने जनाएको हो ।
शंकरनगर स्वास्थ्य चौकी, आनन्दवन स्वास्थ्य चौकी, करहिया स्वास्थ्य चौकी, सेमरा स्वास्थ्य चौकी, टिकुलीगढ स्वास्थ्य चौकी, मधवलिया स्वास्थ्य चौकी, गंगोलिया स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र ५ मा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । यस्तै अन्यत्र भेरोसिलको पहिलो मात्रा लगाएकालाई पनि दा्रेसो मात्रा लगाउन पाउने छन् ।
प्रतिक्रिया