गुल्मी । पछिल्लो चरण कोरोना संक्रमितको भन्दा निको हुनेहरुको संख्या बढ्दै गएको छ । अहिले गुल्मीमा सक्रिय संक्रमितको संख्या करिब ६ सय जना रहेको छ भने संक्रमित भई निको हुनेको संख्या करिब दुई हजार पुगेको छ । पहिलो र दोश्रो लहर गरी ८४ जना संक्रमितको मृत्यु भएको छ । कुल २६ सय ४२ जना संक्रमित मध्ये १९ सय ७५ जनाले कोरोना जितेका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या ५ सय ८३ जना रहेकोमा १९ जना आईसोलेशनमा उपचार गराई रहेका छन् भने ५ सय ६४ जनाले होम आईसोलेशनमा सामन्य उपचार गराई रहेका छन् । पछिल्लो चरण संक्रमित हुनेको भन्दा निको हुनेको संख्या बढ्दै जान थालेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवनीप्रसाद शर्माले बताउँदै आएका छन ।
प्रतिक्रिया