काठमाडौं । दुईपाङ्ग्रे सवारीले यात्रालाई सहज बनाएपछि यसको प्रयोग
बढ्दै गएको छ । नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकल तथा
स्कुटर बिक्री हुँदै आएको छ ।
दुईपाङ्ग्रे ब्रान्डमा पछिल्लो समय तिब्र प्रतिस्पर्धा चलिरहेको छ । सन् २०१८ को अप्रिलदेखि २०१९ को मार्चसम्मको अवधिमा नेपालको दुईपाङ्ग्रे सवारी बजारमा होन्डा र बजाजबीच तिब्र प्रतिस्पर्धा रहेको छ । १ वर्षको अवधिमा होन्डाले ७६ हजार मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ । योसँगै दुईपांग्रे सवारी बजारमा होन्डाको बजार हिस्सा २८ प्रतिशत रहेको छ । होन्डालाई पछ्याएको बजाजले २६ प्रतिशत बजार हिस्ला लिन सफल भएको छ ।
०१८ अप्रिलदेखि ०१९ मार्चसम्म बजाजका ७१ हजार मोटरसाइकल बिक्री भएको छ । यहाँ सबैभन्दा रोचक पक्ष करिब ३२ प्रतिशत बजार हिस्सा ओगटेको स्कुटर सेग्मेन्टमा बजाजको उत्पादन नै छैन । जहाँ होन्डाले ५१ हजार यूनिट स्कुटर बिक्री गर्न सफल भएको छ । बजाजपछि धेरै बजार हिस्सा हुने कम्पनीमा यामाहा रहेको छ । यामाहाले १ वर्षको अवधिमा ४४ हजार मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ । बजार हिस्साका हिसाबले तेस्रो स्थानमा रहेको यामाहाको १६ प्रतिशत ओगटेको छ ।
चौथो धेरै बिक्री हुने मोटरसाइकलमा टीभीएस रहेको छ । १ वर्षको अवधिमा नेपाली बजारमा टीभीएसले ३१ हजार मोटरसाइकल÷स्कुटर बिक्री भएको छ । टीभीएसको बजार हिस्सा ११ प्रतिशत रहेको छ । कम्पनीले पछिल्ला २ वर्षमा आफ्नो बजार हिस्सा आक्रमक रुपमा बढाउदै लगेको छ । कुनै सयम सर्वाधिक बिक्री हुने हिरोको बजार हिस्सा १० प्रतिशत रहेको छ । टीभीएस र हिरोबीच बजार हिस्सामा निक्कै प्रतिस्पर्धा देखिएको छ ।
१ वर्षमा हिरोले २८ हजार मोटरसाइकल तथा स्कुटर आयात गरि बिक्री गरेको देखिन्छ । छैटौं स्थानमा रहेको सुजुकीले १ वर्षमा ६ हजार ६ सय यूनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ । सुजुकीको बजार हिस्सा २ प्रतिशत रहेको छ । त्यस्तै सातौं स्थानमा रहेको भेस्पा/अप्रिलिया ६ हजार ३ सय यूनिट स्कुटर बिक्री गरेको छ भने आठौं स्थानमा रोयल इनफिल्ड रहेको छ । १ वर्षमा रोयल इनफिल्डका ३ हजार मोटरसाइकल बिक्री हुँदा नवौं स्थानमा रहेको केटीएमले १३ सय वटा मोटरसाइकल बिक्री गरेको छ ।
नेपाली बजारमा धेरै बिक्री हुने मोटरसाइकलको सूचीमा दशौं स्थानमा रहेको महिन्द्राले १२ सय वटा मोटरसाइकल बिक्री गरेको छ । त्यस्तै १ वर्षमा बेनेलीले ४६४, सीएफ मोटोले ४१०, रनरले ३ सय, यूएमले २५७, इटालियाजेटले २०९, हार्टफोर्टले १६८, बीएमडब्लूले ८६ वटा र अन्यका ४ सय ६ यूनिट मोटरसाइकल बिक्री भएको तथ्यांक छ । मोटरसाइकल आयात भएको आधारमा यो तथ्यांक बनेको हो । १ वर्षको आवधिमा कुल २ लाख ७० हजार ४ दुईपांग्रे सवारी आयात भएको तथ्यांक छ । सवारी आयातको तथ्यांक भन्सार विभागले राख्दै आएको छ ।
प्रतिक्रिया