विश्व यतिबेला कोभिड–१९ को सड्डक्रमणबाट प्रभावित भएको छ । सन् २०१९ को अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको यो रोगलाई संयुक्त राष्ट्र संघ स्थापना पछिको गम्भीर संकट रुपमा लिएको छ । जुन तथ्यलाई यसका बारेमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानले पनि प्रमाणित गरिरहेका छन् ।
सन् २०१९को अन्तिम साताबाट फैलिएको यस रोगबाट यो लेख तयार पार्दासम्म विश्वका २२२ देश पीडित बनिसकेका छन् । कोभिड–१९ का कारणले गर्दा अघिल्लो शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षामा आन्तरिक मूल्यांकन पद्धति अपनाएर नतीजा प्रकाशन गर्नुपर्ने बाध्यकारी समस्या समाधानको उपाय सरकारले अपनाएको कारणले वर्तमान समयमा कक्षा ११ मा शिक्षण गर्न चूनौती थपिएको अवस्थामा पुनः कोभिडको दोस्रो लहरले गर्दा सोही प्रक्रियाका माध्यमबाट मूल्यांकन गरिने सरकारको निर्णय आएको छ । विषम परिस्थितिको विशेष निर्णय हो भनेर अघिल्लो वर्ष मन बुझाएका शिक्षकहरुले वर्तमानमा पनि यही प्रक्रियामा जाँदा देशको शैक्षिक जनशक्तिमा गुणस्तरीयताको कमि हुन जाने र यस्तो जनशक्ति भोलिका दिनमा श्रम बजारमा खपत हुन असहज बताइरहेका छन् ।
विद्यालय शिक्षाका आधारमा एक शिकारुलाई कुन धारको शिक्षाको अवसर दिँँदा भविष्यमा कस्तो खालको जनशक्ति तयार हुन्छ भन्ने कुराको सही अनुमान लगाउन सकिने प्रयाप्त आधार हुने गर्दथ्यो । देश विकासको मेरुदण्ड मानिएको शिक्षा क्षेत्रमा आन्तरिक मूल्यांकन पद्धतिलाई विभिन्न बाहनामा प्राथमिकता दिँदैजाँदा देशको विकासको यात्रा तासको घर जस्तै बन्ने कुरामा कुनै शंका नभएको कुरा शिक्षाविद्का भनाईमा बुझ्न सकिन्छ । यस्तो पद्धतिले विद्यार्थीमा अल्पकालिन समयमा अहमता बढाउने कुराको भुक्तभोगी स्वयम् लेखक पनि रहेको कारणले गर्दा विद्यालय शिक्षामा आन्तरिक मूल्यांकनले शिक्षामा गुणस्तरको सट्टामा विकृतीको प्रार्दुभाव गराएकोछ । आन्तरिक मूल्यांकन पद्धतिले संस्थागत तथा निजी आवासिय विद्यालयका शिक्षक शिक्षिकाहरु डमी जस्तै बनेका छन् । विभिन्न किसिमका दबाब र धम्कीका कारणले उनीहरुले वास्तविक नतिजा दिन सक्दैनन् भन्ने कुरा अघिल्लो वर्षको जिपिए ४ ल्याउने विद्यार्थीको संख्याले प्रमाणित गरेको छ ।
कुनैपनि देशको शिक्षामा गुणस्तर ल्याउनका लागी मूल्यांकन प्रणालीमा निकै कठोर नीति अपनाउनु पर्दछ । तब मात्रै सिकारुमा मिहिनेत गरेर अध्ययन गर्ने बानीको विकास हुन्छ । विदेशी सहयोगदाताको रकममा रमाएर देशको शैक्षिक क्षेत्रमा कागजमा परिवर्तन देखाएर वास्तविक रुपमा देशको विकासमा योगदान दिन सक्ने सक्षम नागरिक तयार पार्नु चूनौतीपूर्ण नै रहेको छ । शैक्षिक गुणस्तर सुधारका लागि सबैभन्दा पहिले त्यस क्षेत्रमा आफ्नो शारीरिक र मानसिक क्षमताको प्रयोग गरिरहेका श्रमिकको सम्मान र सेवा सुविधामा सञ्चालक तथा राज्य चुक्नु हुँदैन । नेपालमा यस्तो अवस्थाको सिर्जना नहुँदासम्म गुणस्तरीय शिक्षा नीजी क्षेत्रका लागि भाषा अध्यापन केन्द्र तथा सरकारका लागि गोष्ठी र सेमिनारका नाममा खर्च गर्ने माध्यम मात्रै हो ।
विद्यालय शिक्षामा गुणस्तरीयता ल्याउनका लागि विद्यालय स्तरमा प्रदान गरिने शिक्षा तथा विषयवस्तुमा समयानुकुल समायोजन हुनु आवश्यक छ । भने सरकारी विद्यालयका शिक्षकलाई कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिन दिनु हँुदैन र लिएमा शिक्षण पेसाका लागि भविष्यमा समेत अयोग्य हुने गरी निष्काशन गर्न सक्नु पर्दछ । कक्षा १० को वार्षिक नतिजा आन्तरिक मूल्यांकन पद्धतीबाट गर्दा देखिएका असरहरु निम्नलिखित रहेका छन्ः
शिक्षकमा देखिएका असरहरु
-आफ्नो विषयवस्तुमा नविनतम् सोचको विकास गर्न मन नलाग्ने,
-वार्षिक नतिजाप्रति स्पष्टीकरण दिनुपर्ने बाध्यकारी प्रार्वधान नभएकोले गैरजिम्मेवार
-संस्थागत विद्यालयमा नम्बरका लागि सञ्चालकको अनावश्यक दबाव
-कक्षा ११ मा औसत क्षमता भन्दा कम क्षमताका विद्यार्थीका कारणले मानसिक रुपमा तनाव,
-अभिभावकको बढ्दो महत्वाकांक्षाको गुनासोका कारण मानसिक तनाव,
विद्यार्थीमा देखिएका असरहरु
-मिहिनेत गरेर पढेका विद्यार्थीमा मनोवैज्ञानिक प्रभाव,
-अनुशाशनहीन विद्यार्थीमा थप छाडापनको बिस्तार,
-शिक्षक, विद्यालय र परिवारको लगानी प्रती गैर जिम्मेवार,
-माथिल्लो कक्षामा मिहिनेत गर्ने बानीमा हस,
-बढ्दो ग्याजेटमोह, साईबर अपराधमा बढ्दो सक्रियता,
-सामाजीकरणको अभ्यासमा कमी तथा
-अनैतीक र अश्लिल कार्यमा बढ्दो सहभागीता आदि ।
देशको सर्वाड्डगिण विकासको आधार मानिएको शिक्षा क्षेत्रमा निरन्तर निर्माणात्मक मूल्यांकन पद्धतीको अभ्यास गरी कक्षा स्तरोन्ती गर्नका लागि बाह्य परिक्षा हुन जरुरी छ । विषय परिस्थितिलाई बाहना बनाउँदै प्रत्येक वर्ष आन्तरिक पद्धती अपनाउँदै जाने हो भने हाम्रो शिक्षा क्षेत्र दशकौं पछाडि धकेलिने छ भने देशको विकास यो शताब्दीभर नहुने निश्चित छ । त्यसकारणले गर्दा वैकल्पिक विधिका माध्यमबाट भए पनि बाह्य परीक्षा लिएर मात्रै कक्षा चढाउनु पर्छ । यसरी लोकप्रियताका लागि गरिने मूल्यांकनले विद्यार्थीको जीवनलाई सफलताको गतिमा नभई अहमता र भविष्यमा केहिपनि गर्न नसक्ने शिक्षित नागरिकका रुपमा स्थापित गराउदछ । सम्बन्धित क्षेत्रका बारेमा निर्णय गर्दा यसको दीर्घकालिन असर के हुन सक्छ भनेर सोँच्नसम्म नसक्नेहरुको हातमा शिक्षा क्षेत्रको नेतृत्व रहेकाले पनि नेपाली शिक्षमा गुणस्तरीयताको कमी भइरहेको छ ।
कुनैपनि समाजको आकाक्षा , अन्तराष्ट्रिय परिवेश, देशको समसामयिक परिस्थितिलाई अनुकूल हुनेगरी आन्तरिक मूल्यांकन पद्धतीलाई अपनाउँदा यसले शिक्षामा गुणस्तर कायम गर्नुको सट्टमा थप हस ल्याउने गर्दछ । शैक्षिक गुणस्तर सुधारका लागि बालमैत्री शिक्षण सिकाई क्रियाकलाप, अपाड्डमैत्री विद्यालय भवन, विद्यालयको रणनीतिक योजना, शिक्षण सामग्रीको प्रयोग,प्रविधिमैत्री शिक्षक, अभिभावक तथा विद्यालय बीचको निरन्तर संवाद आदि पक्षहरु जिम्मेवार रहन्छन् । युनेस्कोका अनुसार हामीले प्राप्त गरेको शिक्षमा निम्न तत्वहरु छन् भने त्यस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भनिन्छ,जुन आन्तरिक मूल्यांकन पद्धतीको प्रयोगबाट मापन गर्न सकिदैन ।
-ज्ञान आर्जन
-सीप निमार्ण तथा प्रयोग,
-सहकार्यको सस्कार,
-व्यक्तित्व तथा नेतृत्व विकासको आधार
शिक्षक, विद्यार्थी , अभिभावक एवम् देशले शिक्षामा गुणस्तर ल्याउनका लागि लगानी गरिरहेका हुन्छन । नेपालको सन्र्दभमा आन्तरिक मूल्यांकन प्रक्रियाबाट विद्यार्थीले प्राप्त गरेको शिक्षाको गुणस्तर मापन गर्न सकिँदैन । सरकारले आन्तरिक मूल्यांकनका लागि बनाएको मापदण्डको सही पालना पनि हँदैन । यसकारण आन्तरिक मूल्यांकन पद्धती विषम परिस्थितीको समयमा लागू गरिएतापनि यसको दीर्घकालिन प्रभाव देशको विकासमा नकारात्मक तवरले पर्नेछ ।
प्रतिक्रिया