ताजा अपडेट »

कोरोनासँगै भाइरल ज्वरो

मंगलबार, १८ जेठ २०७८, १५ : ५९
20 Shares
मंगलबार, १८ जेठ २०७८
20 Shares

डोटी । कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा फाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।

यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका–१ समुहगाढका खडकबहादुर बोगटीले बताए । उनले भने, “कोरोना सङ्क्रमणसँगै यहाँका गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्, यहाँका प्रत्यक गाउँगाउँमा भाइरल ज्वरोका बिरामी नपरेका घर पाउन मुश्किल छ ।” टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणसहितका बिरामी प्रायःदैनिक अस्पतालमा उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।

गाउँमा दिनहुँ भाइरल ज्वरोका बिरामी थला पर्न थालेपछि समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालिका–२ की पार्वती कठायतले बताए ।, “भाइरल ज्वरोले दिनहुँ मानिस बिरामी पर्दैछन्, हामीलाई कोरोनाभन्दा पनि भाइरल ज्वरोले सताएको छ ।” उनका अनुसार भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचार गर्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको छ । जोरायल गाउँपालिकाका स्वास्थ स्वास्थ्य संयोजक गोविन्द विष्टका अनुसार भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, सामान्य ज्वरोको औषधि दिएर र जाँच गर्दा निको भएको छैन ।

रासस
लेखकको बारेमा
रासस