ताजा अपडेट »

शरीर चिलाएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यस्ता घरेलु विधि

मंगलबार, १८ जेठ २०७८, ११ : ०१
4 Shares
मंगलबार, १८ जेठ २०७८
4 Shares

गर्मिकाे माैषम रहेकाे छ । गर्मिमा पसिना आउनु सामान्य हाे । तर गर्मिमा आउने पसिनाकाे कारणले भने बिभिन्न समस्याहरु देखिन्छन् । यसैमध्यकाे एक हाे शरिर चिलाउनु । आज हामीले शरिर चिलाउँदा घरमै के गर्न सकिन्छ भन्ने कुरालाई ‘मेरो डाक्टर’ पुस्तकबाट लिएका छाैँ । घरमा निम्नानुसार प्रयाेग गरेमा छुटकारा पाउन सकिन्छ । हेर्नुहाेस् बुँदागत रुपमा

१ शरीरको जुन भाग चिलाइरहेको छ त्यहाँ अजवायनले धुनाले चिलाउन छाड्दछ ।

२ निमको पात चिलाएको ठाउँमा लगाउनाले चिलाउन छाड्छ ।

३ गाईको पिसाबले नुहाउनाले अथवा गाईको पिसाबमा कपुर मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।

४ चमेलीको तेलमा कपुर अथवा कागतीको रस मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।

५ निलोतुथोलाई पानीमा उमाली लगाउनाले चिलाउन छाड्छ ।

६ २० ग्राम गन्धक, १० ग्राम नरिवलको तेल २५० ग्राम दहीमा मिलाई शरीरमा लगाउनुहोस् । त्यसको केही समयपछि तातो पानीले नुहाउनाले चिलाउन छाड्छ ।

७ शुद्ध गन्धक ५० ग्राम, मिश्री १०० ग्राम अलैँची ५ ग्रामलाई पिसेर धुलो बनाई बिहानबेलुका खानाले चिलाउन छाड्छ ।

८ २५ ग्राम अमलालाई पिसी २० ग्राम सख्खरसँग मिलाई खानाले चिलाउन छाड्छ ।

९ बिग्रेको नरिवल, निलोतुथो, अमलाको रस, कपुरलाई पानीमा मिलाई चिलाइरहेको ठाउँमा लगाउनाले चिलाउन छाड्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।