ताजा अपडेट »

सांसदको भत्ता मोह : दसैंभत्ता पनि मागे

विहीबार, १९ असार २०७६, ०८ : ४६
22 Shares
विहीबार, १९ असार २०७६
22 Shares

असार १९ ,

काठमाडौँ।  संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् ।

उनीहरुको मागप्रति अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक देखिएका छन् । श्रमिकदेखि कर्मचारीसम्मले दसैंमा एक महिना बराबरको भत्ता पाउने तर आफूहरुले किन नपाउने भन्ने जिज्ञासा राखेका थिए ।सांसद र तिनका सचिवालयमा काम गर्ने कर्मचारीले दसैंभत्ता नपाउने गरेका कारण समस्या भएको सांसदहरुको तर्क छ । -अन्नपूर्ण पोस्ट् दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।