बुटवल । सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ । त्यस्तै खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरेको सार्वजनिक गरेका हुन् ।
यसैगरी स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान विनियोजन गरेको छ । प्रदेशलाई वित्तिय सामानिकरण ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण विनियोजन गरेका हुन् । सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ । समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन प्रस्तुत भएको छ ।
प्रतिक्रिया