ताजा अपडेट »

‘कोरोनाका कारण संसोधित आर्थिक वृद्धिदरको लक्ष्य पनि चुनौतीपूर्ण’

शुक्रबार, १४ जेठ २०७८, १४ : ४८
8 Shares
शुक्रबार, १४ जेठ २०७८
8 Shares

बुटवल । सरकारले कोरोना महामारीका कारण संसोधित आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न पनि चुनौतिपूर्ण रहेको बताएको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो । तर, अर्थतन्त्रले सोचेअनुसार गति लिन नसकेपछि ४ दशमलव १ प्रतिशतको संसोधित अनुमान गरिएको थियो । त्यो पनि अहिले चुनौतिपूर्ण बनेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

सरकारले कोभिड–१९ को महामारीका बाबजुद वृद्धिदरबाहेकका अर्थतन्त्रका परिसूचकहरु भने सकारात्मक रहेको दावी गरेको छ । फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुन प्रभावित बनाएको अर्थमन्त्री पौडेलले बताए । आर्थिक सर्भेक्षण २०७७÷७८ सम्वन्धि प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण रहेको स्वीकार गरे ।

आर्थिक वृद्धिदरबाहेकका परिसूचक भने सकारात्मक रहेको अर्थमन्त्रालयले जनाएको छ । यो अवधिमा राष्ट्रिय आय ११९६ डलर पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् जुन अघिल्लो वर्षभन्दा बढी हो । यस्तै राष्ट्रिय खर्च योग्य आम्दानी १४८६ डलर पुगेको छ । मुद्रास्फिति नियन्त्रणमा रहेको र रेमिट्यान्स आप्रवाह ८ दशमलव ६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । आयात–निर्यात अवस्था पनि सन्तुलनमा रहेको बताइएको छ ।

५ हजार बढी, उद्याेगी व्यवसायीहरुले कर छुट पाउने

सरकारले करिब ५ हजार उद्योगी व्यावसायीलाई कारोबारका आधारमा कर छुट दिने भएको छ । कोरोना कहरका कारण थला परेका उद्योगी व्यावसायीलाई राहत हुनेगरी कर छुट गर्न लागिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले व्यवसायीको गुनासो सम्बोधन गर्न कर छुट गर्न लागिएको बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।