ताजा अपडेट »

नेपालमा बिक्री हुने ४ पावर स्कुटरका विशेषता

बुधबार, १८ असार २०७६, ११ : ५९
84 Shares
बुधबार, १८ असार २०७६
84 Shares

पछिल्लो समय नेपालमा नयाँ ब्रान्डका स्कुटरहरु आइरहेका छन् । कुनै समय महिलाहरुले मात्र प्रयोग गर्ने स्कुटर अब सबैको रोजाईमा पर्न सकिरहेको छ । अहिले बजारमा उपलब्ध १२५ सीसी सेग्मेन्टका स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दो छ । उक्त सेग्मेन्टमा होन्डा ग्राजिया, टीभीएस एनटर्क र सुजुकी वर्गम्यान स्ट्रीट १२५ ले निकै चर्चा बटुलेका छन् ।

यसैबीच उक्त सेग्मेन्टमा अप्रिलिया स्ट्रोम–१२५ स्कुटर सार्वजनिक भएको हो । अप्रिलियाको लागि नेपालको आधिकारीक वितरक विबेक अटोमोवाइलले यसलाई बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा उपलब्ध यी चारवटै स्कुटरबीच तिव्र प्रतिस्पर्धा सुरु भएको छ । यद्यपी यो रेसमा होन्डा ग्राजिया र टीभीएस एनटर्क निकै अगाडि पुगिसकेका छन् । सुजुकी बर्गम्यान स्ट्रीट र अप्रिलिया स्ट्रोम १२५ ले पनि बजारमा निकै राम्रो गर्ने लक्ष्यण देखाएका छन् । हामीले यहाँ यी चार मोडलको तुलनात्मक भिन्नतालाई यहाँ प्रस्तुत गरेका छौँ । 

विशेषता

टीभीएस एनटर्क १२५ स्कुटर ‘अटोकार स्कुटर अफ दि इयर’ अवार्ड जित्न सफल भएको स्कुटर हो । आफ्नो सेग्मेन्टमा नै पहिलो ब्लू–टुथ इन्ब्यूल्ड इन्ट्रुमेन्ट कल्स्टर दिइएको यस स्कुटरमा स्मार्टफोनको सहयोगले नेभिगेशन चलाउन सकिन्छ । थुप्रै सेग्मेन्ट फष्र्ट फिचर रहेको यो स्कुटर नेपाली बजारमा निकै राम्रो बिक्री भएको स्कुटर बन्न सफल भइसकेको छ ।

होन्डाको ग्राजिया अटोमेटिक एलईडी हेडलाइट भएको यो पहिलो स्कूटर हो । यसमा  थ्री स्टेप ईकोस्पीड इन्डिकेटर छ, जसका कारण आवश्यकता अनुसारको स्पीड लिन सकिन्छ र माइलेज बढाउँछ । अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको स्कुटर नेपालमा राम्रो संख्यामा बिक्री भएको छ । 

अप्रिलियाको स्ट्रोम १२५ मा किक एन्ड सेल्फ स्टार्ट, पास स्वीच, एनालग स्पीडोमिटर, १५ लिटर अन्डर सिट स्टोरेज रहेको छ भने हेलोजन हेडल्याम्प, एलइडी टेललाइट, ६.५ लिटर फ्युल क्यापासिटीको इन्धन ट्यांकी लगाइएको छ ।

सुजुकी वर्गम्यान स्ट्रीट–१२५ र होन्डा ग्रजियामा एलईडी हेडल्याम्पकासाथै पोजिशन लाइट, स्ट्यान्र्डर्ड ह्यालोजिन ल्याम्प, डीआरएसलको सुविधा दिइएको छ । वर्गम्यान स्ट्रीटमा एलईडी टेलल्याम्प, फूल इन्स्ट्रुमेन्ट क्लष्टरका साथै, ब्लू–टुथ कनेक्टिभिटी समेत रहेको छ ।

चारवटै स्कुटरमा यूएसबी चार्जिङ्ग पोइन्ट, अलोय–ह्वील, फ्रन्ट डिस्क–ब्रेक लगाइएको छ । एनटर्कमा भने २२ लिटरको स्टोरेज स्पेश रहेको छ । वर्गम्यान स्टीट्रमा २१.५ लिटर र ग्राजियामा १८ लिटरको स्पेश स्टोरेज रहेको छ ।

पावर

एनटर्क स्कूटरमा तीन–भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । यसको इन्जिनले ९.३ बीएच पावर र १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसको टप–स्पीड ९५ किलोमिटर रहेको छ भने शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन यसले नौ सेकेन्ड लगाउने छ । 

अप्रिलिया स्ट्रोम–१२५ मा १२४.४९ सीसीको सिंगल सिलिन्डर थ्री भल्भ एयरकुल्ड  इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार २५० आरपीएममा ९.५१ बीएचपी र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, होन्डा ग्रजियामा उपलब्ध १२५ सीसी एयरकुल्ड फोर–स्ट्रोक इञ्जिनले ८.५२ बीएचपी पावर र १०.५४ एनएम–टर्क प्रदान गर्छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ । 

सुजुकी वर्गम्यान स्ट्रिट १२५मा उपलब्ध १२४ सीसी सिङ्गल सिलिन्डर एयर कुल्ड इन्जिनले ७ हजार आरपीएममा ८.७ बीएचपी पावरकासाथै ५ हजार आरपीएममा १०.२ एनए–टर्क उत्पादन गर्छ ।

मूल्य

अप्रिलिया स्टोम १२५ को मुल्य  २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ । होन्डा ग्राजिया नेपाली बजारमा गत वर्षको जेठमहिनामा नेपाल भित्रिएको थियो । यसको बजार मूल्य २ लाख १८ हजार रहेको छ भने, टीभीएस एनटर्कको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । सुजुकी बर्गम्यान स्ट्रीटको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ ।

माइलेज

वर्गम्यान स्ट्रीटले प्रतिलिटर ५३ किलोमिटर माइलेज प्रदान गर्छ । एनटर्कले प्रतिलिटर ६० किलोमिटरसम्मको माइलेज दिन्छ । होन्डा ग्राजियाले एक लिटर पेट्रोलमा ६० किलोमिटरसम्म चलाउन सकिन्छ । अप्रिलिया स्ट्रोमले प्रतिलिटर ३५ देखि ४० किलोमिटर माइलेज प्रदान गर्छ । यी सबै माइलेज एआरईले बताए अनुसार हो । सडकमा यति माइलेज भने कुनैपनि स्कुटरको आउँदैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।