असार १७,
काठमाण्डौं । केही समय अगाडि नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भएपनि नामकै कारण सार्वजनिक हुन नसकेको ह्यारीयर भारतीय बजारमा डबल टोनमा आएको छ ।
टोयोटाको ग्लोबल प्याटेन्ट दर्ता रहेको ह्यारीयर नाम नेपालमा समेत टोयोटाकै नाममा दर्ताभएकाले टाटा ह्यारीयर नेपालमा सार्वजनिक हुन सकेको छैन । सुरुमा सिंगल टोनमा ल्याएको ह्यारियर अब भने डिउल टोनमा आउने भएको हो । कम्पनीले यो मोडललाई ब्ल्याक अन ओरेन्ज र ब्ल्याक अन सिल्भर कलरमा ल्याउने भएको छ ।
टाटाको बहुचर्चित ह्यारीयर नेपाली बजारमा अबको केही दिनमा सार्वजनिक हुन सक्ने कम्पनी स्रोतले जनाएको छ ।
‘नेपाली बजारमा कुन नामबाट ल्याउने भन्ने विषय टुङ्गो लागि सकेको छ । तर, डकुमेन्टेशनको काम पुरा नभएकोले अहिल्यै नाम भन्नु उचित नहोला’ कम्पनी स्रोतले भन्यो ।
ह्यारीयर डिउल टोन कलर अप्सनमा आउने कम्पनीको लेटेस्ट मोडल हो । यसका अलवा, टाटा टियागो, नेक्सन र हेक्जा, टियागो एनआरजी, टियागो जेटीपी जस्ता मोडल पनि डबल टोन कलर अप्सनमा उपलब्ध छन् ।
कम्पनीले भारतमा ह्यारीयर आगामी महिनाबाट डिउल टोन कलरमा उपलब्ध गराउने जनाएको छ । सम्भवत नेपाली बजारमा आउने ह्यारीयर डिउल टोन कलरमा नै आउने छ ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन यूक्त यस एसयूभीले भारतीय बजारमा निकै राम्रो व्यापार गरिरहेको छ । जीप किलरको नाम पाएको ह्यारीयरमा दिएको इन्जिनले १३८ बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।
नाडा अटो शो २०१९ बाट आधिकारी बिक्री सुरु हुने अनुमान गरिएको ह्यारीयरको नेपाली बजारमा सुरुवाति मूल्य करिब ६५ लाख हुने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया