ताजा अपडेट »

जनप्रतिनिधि नै विकासका ‘बाधक’

सोमबार, १६ असार २०७६, ०७ : ४८
22 Shares
सोमबार, १६ असार २०७६
22 Shares

असार १६,

काठमाडौँ । दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो । निर्वाचनपछि विकास निर्माण कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेका प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासमा घात भएको महसुस गर्न थालेका छन् ।

धनुषाको हंसपुर नगरपालिकामा विकासका लागि विनियोजित करिब एक करोड रुपैयाँ जनप्रतिनिधिकै स्वार्थका कारण फिर्ता हुने अवस्था आएको छ । ‘तराई/मधेस समृद्धि’ शीर्षकमा प्रदेश सरकारबाट प्राप्त ९० लाख रुपैयाँको योजना नगरप्रमुख रामज्ञान मण्डलको स्वाथएका कारण कार्यान्वयनमा आउन नसकेको उपप्रमुख रेणु झाले बनाइन् ।
-सुरेश यादव / नागरिक दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।