ताजा अपडेट »

कनेक्टिभिटि भएका बाइक तथा स्कुटर

आइतबार, १५ असार २०७६, ११ : ४२
2 Shares
आइतबार, १५ असार २०७६
2 Shares


काठमाण्डौं । प्रविधिको विकास दिनदिनै अगाडि बढी रहेको छ । यसलाई अटो क्षेत्रले समेत अवलम्बन गर्दै लगिरहेका छ । बाइक तथा कार निर्माता कम्पनीहरुले प्रविधिमैत्री बनाउने प्रयास गरिरहेका छन् । यस्ता केही बाइक तथा स्कुटर छन् जसमा नयाँ प्रविधिको प्रयोग गरिएको छ ।

१. हिरो एक्सपल्स २००, एक्सपल्स २०० टी

हिरो मोटोकर्पले केही समय अगाडि भारतीय बजारमा सार्वजनिक गरेको यो ट्वीन बाइक नेपाली बजारमा भित्रने तयारीमा रहेको छ । नाडा अटो शोमा नेपालमा सार्वजनिक हुने हिरो बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एनजीएम हिरोले बताएको छ ।

यो बाइकमा चालकले आफ्नो मोवाइल फोन कनेक्ट गरेर नेभिगेसन, कल अर्लट, म्यासेज नोटिफिकेसन जस्ता फिचर प्रयोग गर्न सक्नेछन् ।

२. हिरो एक्ट्रीम २०० एस

हिरो एक्सट्रीम २०० एसमा फुल डिजिटल कन्सोलका साथमा ब्लुटूथ कनेक्टिभिटि दिइएको छ । यो बाइक नेपाली बजारमा सार्वजनिक गर्ने तयारी थालेको कम्पनीले बताएको छ । चालकले यसमा नेभिगेसन, एसएमएस, कल नोटिफिकेसन जस्ता फिचर रहेका छन् । यसका साथै यो कन्सोलमा गियर इन्डिकेटर, सर्भिस अलर्ट, ट्रिप मिटर जस्ता विशेषता रहेको छ ।

३.टीभीएस एनटर्क १२५

टीभीएस एनटर्क १२५ को इन्सुमेन्ट कन्सोलमा डेडिकेटेड एपको साहायतामा चालकले आफ्नो फोन कनेक्ट गर्न सक्नेछन् । यसमा ब्लुटुथ कनेक्टिभिटिमार्फत ग्राहकले जीपीएस, नेभिगेसन, कल, एसएमएस जस्ता फिचर रहेका छन् । यसको कन्सोलमा क्लक, ट्रिप मिटर, डिजिटल स्पीडो मिटर जस्ता फिचर रहेको छन् । यो स्कुटर नेपाली बजारमा जगदम्वा मोटर्सले बिक्री गरिरहेको छ । नेपाली बजारमा सूरुवाती मूल्य २ लाख १५ हजार रहेको छ ।   

४. केटीएम डुक ३९०

२०१७ मा भारतीय बजारमा सार्वजनिक भएको केटीएम डुक ३९० पहिलो स्मार्ट कनेक्टिभिटि भएको बाइक रहेको थियो । चालकले केटीएम माइ राइड नामक एपमार्फत बाइकमा कनेक्ट गर्न सक्नेछन् । यसमा चालकले म्यूजिक प्ले, कलर नेम, कल एसेप्ट, कल रिजेक्ट, एसएसम नोटिफिकेसन जस्ता फिचर रहेका छन् । यो बाइक नेपाली बजारमा हाल बिक्री वितरण भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।