ताजा अपडेट »

प्रदेश ५ मा सडक सुरक्षाका लागि सिसि टिभी

शुक्रबार, १३ असार २०७६, १३ : ५६
20 Shares
शुक्रबार, १३ असार २०७६
20 Shares

असार १३,
बुटवल । प्रदेश नम्बर ५ मा सडक सुरक्षाका लागि यसै ४२ स्थानमा सिसि टिभी जनाड गरिने भएको छ । सरकारले सुरक्षाको क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै दुर्घटना न्युनिकरणका लागि सिसि टिभी जना गर्नलागिएको आन्तारिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी जानकारी गराए ।

५ नं. प्रदेश प्रहरी कार्यालय दाङले बुटवलमा आयोजना गरेको सडक सम्भयता अभिबृद्धि एवम् सवारी दुर्घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवाल निकायहरुको सम्मेलनमा बोल्दै मन्त्री केसीले सिसिटीभि जडान पछि दुर्घटना न्युनिकरण तथा अपराधमा समेत नियन्त्रण हुने विश्वाष व्यक्त गरे । साथै उनले दुर्घटना न्युनिकरणका लागि यातायात सम्बद्द व्यवसायीले समेत ध्यान दिनुपर्ने बताए । उनले कम्पनीमा गएर मात्र समधान नहुने भन्दै पहाड र तराईमा गुणस्तिरय सवारी साधन चलाउन यातायात कम्पनीहरुलाई उनले आग्रह गरे ।

५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख सुरेश विक्रम शाहले दुर्घटनाको प्रमुख कारण चालक मात्र नभई सडकको अवस्था रहेको बताए । कुनै पनि ईन्जिनियरिङ विना पहाडका बाटाहरु खनिएको भन्दै उनले सडककै कारण दुर्घटना बनेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासनीले दुर्घटना न्युनिकरणका लागि सवै जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । क्षमता अनुसार यात्रुहरु बढि राख्ने र चालकहरुले तिब्र गतिमा सवारी हुईकाउँदा दुर्घटना बढेको बताउँदै उनले चालकलाई बढि जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले मुख्यराजमार्ग सडकलाई सडक डिभिजन कार्यालयकै हेलचक्राईका कारण मर्मत सम्भार हुन नसकेको उल्लेख गरे । केन्द्रबाट मुख्य सडक स्थानिय तहमा हस्तान्तरण नभएको भन्दै मुख्य सडक बनाउने तथा ममर्त गर्ने जिम्मा सडकको भएपनि सडक डिभिजनको गैरजिम्मेवारीका कारण मुख्य सडक विग्रिएको उनले बताए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेल लगाएतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।