मेरो नाम विमला बराल हो । मेरो जन्म पाल्पा जिल्लाको झडेवा भन्ने ठाउँमा भएको थियो । हाल बसाइसरी शुद्धोधन गाँउपालिका ५ शितलपाटीमा बस्दै आइरहेको छु । पाल्पाबाट तराई झर्दा १२ वर्षको थिएँ । मैले जानेबुझे देखिनै बाबा बैदेशिक रोजगारमा हुनुहुथ्यो । बाबा विदेश गएको एक वर्षपछि आमाले हामीलाई अलपत्र पारेर दोस्रो विवाह गर्नुभयो। त्यतीबेला भाई सानो थियो । त्यसपछि हामी टुहुरो जस्तो भयौ ठूलो मम्मी र बाजे बज्यैसगँ हुर्कीयौ । निक्कै दुखदायी बालापन वितायौ । विदेशबाट आएपछि सबैको सल्लाहले बाबाले दोस्रो विवाह गर्नु भयो । दोस्रो आमाबाट माया त पायौं तर, आमाको रुपमा स्वीकार गर्न निक्कै कठिन हुनेरहेछ । स्विकार गर्नु बाहेक अरु विकल्प पनि हामीसँग थिएन ।
पाल्पाबाट आएर फर्साटिकरको श्री ड्रिम भिजन माध्यमिक विद्यालयमा भर्ना भए ६ देखि १० कक्षासम्म मेरो पढाई राम्रो थियो । एसएलसीको तयारीको क्रममा एकदिन नेपाली पढाउने शिक्षकले निबन्ध लेखाउँदै हुनुहुन्थ्यो सबैलाई लेख्न आग्रह गर्नु भएछ । उहाँले भनेको मैले केही सुिनन छु । सबैले लेख्न सुरु गरी सकेछन् म चुपलागेर बसेको देखेपछि शिक्षकले नजिकै आएर तिमी कानले सुन्दैनौ? सबैले सुरु गरीसके तिमी किन चुपचाप बसेको ? आदी… प्रश्न गरे गरेपछी बल्ल मलाई महशुस हुन लाग्यो, थाहा भयो मैले कान कम सुन्ने रहेछु । तर, कसरी र कहिलेदेखि समस्या भयो मैले थाहा पाउन सकिन ।
मलाई केही समय अगाडि निक्कै टाउको दुख्ने लामो समय सम्म रुघालाग्ने भएको थियो त्यसैको असर मेरो कानमा परेको रहेछ । यो कुरा डाक्टरसँगको चेकजाँचबाट थाहा पायौं । मैले कान कम सुन्ने कुरा बाबालाई बताएँ । त्यसपछि डाक्टर, धामी झाक्री सबै गर्यौ । डाक्टरसगँको चेकजाँचको क्रममा सामान्य हो ,ठिक हुन्छ औषधि खानु भन्ने उत्तर मात्र पाउँथ्थौं । मेरो श्रवण शक्ती विस्तारै अझै घट्दै गएको महशुस हुन लाग्यो । एसएलसी दिने वर्षको विद्यार्थी थिएँ । कानको कारणले पढाइमा बाधा परिरहेको थियो ।
मेरो समस्याको बारेमा शिक्षक ,स्कूल ,छरछिमेकी ,साथीभाई आफन्त सबैले थाहा पाइसकेका थिए । त्यस पछिका दिनहरु मेरा लागि निक्कै दुःखदायी हुनथाले । भेदभावपूणर् व्यवहार सुरु भयो । कानले सुन्देन जे भनेपनि हुन्छ ,सुन्छे कि सुन्दिन भनेर बोलाउने नसुने गिज्याउने जस्ता प्रवृत्तिहरु धेरै भोगेकी छु । अब म साथीभाई आफन्तबाट अलग हुन थालेँ, कान नसुन्ने बिमलाको उपनाम पाउन थाले । अरुले बोलेका आवाजहरु पटकपटक सुन्ने कोसिस गर्दथे स्पष्ट बुझिँदैन थियो।अनि थाकेर दुःखी हुने गर्दथे । कैंयौं पटक एकान्तमा रोएर चित्त बुझाउने कोसिस गरीरहे । मैले सोँचे जस्तो अगाडिको बाँकी जीन्दगी सहज थिएन । मैले भिन्न तरिकाले जिउन सिक्नु पर्दछ भन्ने लाग्यो । सरले लेखाइदिनु भएको नोटको भरमानै फ्रस्ट डिभिजनमा एसएलसी पास गरेँ ।
मैले कान सुन्दिन भनेपछि बाबाले विदेशबाट हेयरिङ एड ल्याइदिनु भयो डाक्टरको सल्लाह त्रिनाको लगाएको हेयरिङ एडले झनै असहज महशुस भयो । लगाउन सकिन र छोडिदिएँ । मलाई धेरै पढ्ने इच्छा थियो । मैले कान सुिन्दन तर, मसँग देख्ने आँखा, चल्ने हात, खुट्टा सबै छन् । अब मैले अझै धेरै पढ्नु पर्छ मिहिनेत गर्नुपर्दछ । भन्ने महसुस गर्न थालेँ । सानैदेखि अरुको वचन सुन्ने बानीले होला अरुले के भन्छन् भन्ने कुराको मतलव राखीन कक्षा ११ मा भर्ना भएँ । कान नसुन्नेले पढेर के गर्नु ? भन्नेहरुको कमी थिएन । तर, मैले आफ्नो हिम्मतलाई कहिले कमी हुन दिइन ।
मैले पढाइलाई निरन्तरता दिइरहँे । दैवको लिला पनि अचम्म हुने रहेछ । म माथिनै ठूलो बज्रपात आइलाग्यो १२ कक्षामा पढ्दापढ्दै मेरो दाहिने कुरकुच्चा बेस्सरी दुख्यो । बिस्तारै खुट्टा कमजोर हुँदै गएको महशुस गर्न थालँे । क्रमशः शरीर पनि कमजोर हुन थाल्यो ।अरुको सहाराबिना हिड्न गार्हो हुन थाल्या,े अस्पताल गयांै डाक्टरले औषधि दिए । लामो समय औषधि खाएँ । तर, कुनै परिवर्तन आएन खुट्टा क्रमशः सुक्दै जान लाग्यो । बुटवलका डाक्टरले अन्य ठूलो अस्पतालमा जान सुझाव दिए । पैसाको अभावमा टाढा जान सकेनांै ।
बाबाले भरतपुरसम्म लैजानुभयो । पैसाको जोहो गरी भरतपुर जाने दिनसम्म मेरो शरिरदेखि बोलीमा पनि असर पगिसकेको थियो । पूणर् रुपमा बोली बन्द भएको थियो । भरतपुरको उपचारले पनि कुनै सुधार नआएपछि डाक्टरहरुले ॅघरमा गएर हिड्ने प्रयास गर्नु टेन्सन नलिनु । भन्दै घर फर्काइ दिए । त्यस पछिका दिनहरु निक्कै कष्टकर रुपमा बिताएँ । मेरो शरिर निकै कमजोर भइसकेको थियो । मलाइ हेर्न आउने सबैले ॅअब यो धेरै दिन बाँच्दिन भन्ने गर्दथे । आफन्तका ती शब्दहरुले मलाई अझै कमजोर बनाएको थियो । जीवनमा धेरै पढ्ने इच्छा थियो तर, अब मेरालागि सम्भव थिएन । म अब अरुको सहारा बिना हिड्डुल गर्न समेत नसक्ने भएकी थिएँ ।
जिन्दगीसँग हार मानी सकेकी थिएँ । मृत्यु बाहेक अरु विकल्प मैले साँेच्न सकिन अरुको बाँेझ बनेर कति दिन बाँच्ने ? बाँच्नुको कुनै अर्थ छैन । भन्ने लाग्दथ्यो । पटकपटक आत्महत्या गर्ने सोँच आइरहन्थो । के गरुँ,कसो गरुँ ? निराशा र एक्लोपनले मेरो मनमा जरो गाडेको थियो । कहिलेकाँही साँेच्ने गर्दथेँ, मैले हिम्मत गर्नु पर्दछ । यसरी निराश हुनुहुँदैन । अब मैले मसँग जस्तो क्षमता छ त्यसलाई अवसरमा बदल्नुपर्दछ । म जस्तै अपाङ्ग भएर पनि बाँचिरहेका व्यक्तिहरुलाई सम्झिन्थेँ अनि ॅम पनि बाँच्न हिम्मत गर्नुपर्दछ । भन्ने लाग्दथ्यो ।
म भित्रको हिम्मतले मलाई बिस्तारैबिस्तारै हिड्ने कोशिस गर्ने बानी बनायो । पढाई बन्द भएपनि घरमा रहेका अन्य किताबहरु पढ्न थालँे । जसले मलाई नकारात्मक सोँचबाट टाडा राख्न मद्दत पुग्दथ्यो । मेरा लामोे हिड्ने प्रयासले बिस्तारै सार्थकता पाउन थाल्यो । म अलिअलि हिड्न सक्ने भए । त्यसपछि ममा धेरै कुराहरुको हिम्मत बढ्न थाल्यो । शुद्धोधन अपाङ्ग सघंको सम्पर्कका गएँ । उक्त संस्थाकै सहायतामा मैले म जस्तै अन्य साथीहरु भेट्ने अवसर पाएँ, देखे उहाँहरुको अनुभवहरु पढ्ने अवसर पाएँ । जसले गर्दा उत्साह मिल्दै गयो । अब मैले नकारात्मक सोँच त्यागेर सकारात्मक जीवन जिउनु पर्दछ भन्ने लाग्न थाल्यो ।
अवको बाकी जिन्दगी घरमा मा मात्र सिमीत राखेर निराश पुणर् बनाउनु हुदैन मैले मेरा लागि र समाज परिवर्तनकालागी आफ्नो खुट्टामा आफै उभिएर सक्षम हुनु पर्दछ भन्ने सोच्न थाले । फेरि पढाइलाई निरन्तरता दिने इच्छा थियो तर सामान्य विद्यालयमा शिक्षकले पढाएको मैले सुन्दीन थिए बहिरा विद्यालयमा पढौ सांकेतीक भाषा पढेको थिइन । जसले गर्दा मेरो शैक्षीक यात्रा अव यहि विश्राम हुने निश्चीत भइसकेको थियो ।अवको बाकी जिन्दगी के गर्ने मैले केही सोच्न सकेको थिइन म जस्तै धेरै साथीहरुसगँ अनुभव पनि लिए । दिन हरु वित्दै थियो उमेर दिन प्रतिदिन बढ्दै थियो । म सगँका साथीहरु आफ्नो शैक्षिक यात्रालाई बढाउदै विभिन्न ठाउमा पुगेका थिए रोजगार बनेको देख्दा मलाइ पनि रहर लाग्दथ्थो । मैले इन्टरनेटको माध्यमबाट अपागं भएका व्यक्तिहरुले गरेका कामहरु,व्यवसायहरुको खोजीगर्न थाले । म भन्दा पनि धेरै अपागंता भएका व्यक्तिहरु सफल व्यवसायी बनेर काम गरेको देख्दा म भित्र आशाको दियो पलाउन थालीसकेको थियो । अव मैले मेरो सुस्त श्रवणतालाई कमजोरीको रुपमा हैन अवसरको रुपमा विकाश गर्नु पर्दछ भन्ने सोची सकेको थीए । अवको बाकी जिन्दगीमा मेरो लक्ष्य भनेको पहिला आफु आर्थीक रुपमा सक्षम हुने र मैले भोगेको जस्तो पिडा अन्य अपांगता भएको व्यक्तिले भोग्न नपरोस् भन्नकालागी मैले केही गरेर समाजलाई देखाउनु पर्दछ । परिवार भन्दा भन्दा टाडा गएर रोजगार बन्न शारिरिक रुपमा कठिन थियो ।मैले घरमानै बसेर अनलाइन व्यवसायको रुपमा केही गर्न सक्छु भन्ने आट गर्न थाले घरमा बसेरनै गर्न सकिने व्यवसाय र आम्दानीको स्रोतहरुको खोजी गर्न थाले । कतै बाट अवसर पाइन्छकी भनेर धेरै सगँ कुरा पनि राखे । मेरो कुरालाई कसैले वास्ता गरेन्न् किनकी म बोल्न,सुन्न सक्दैन थिए हिड्नमा कठिनाई थियो । म जस्ता व्यक्तीहरुकालागी अवसर दिनु भनेको चुनौती हो भन्ने सोच्ने गर्दथे । मलाई सानै देखी हस्तकलामा पनि रुची थियो जस अनुसार हस्तकलाका सामानहरु बनाएर बेच्न सके रोजगार हुन सक्थे भन्नेलागेको थियो । त्यसकालागी मलाई तालिको आवश्यकता थियो । मैले घर परिवार देखी सघं संस्थासगँ इच्छा व्यक्त गरे सहयोग पाउन सकिरहेको थिइन । मेरो पटक पटको आग्रहलाई मनन गर्दै शुद्धोधन अपागं संघका अध्यक्ष विष्णु थापा दाजुले तालिकोलागी फाउण्ड परियोजना सगँ मेरो भेट गराई दिनु भयो । हामी जस्तै अपागं भएका व्यक्तिहरुलाइ फाउण्ड परियोजनाले काम गर्ने रहेछ फाउण्ड परियोजना सगँको भेटले मलाई थप उर्जा पुग्यो मैले मेरो घर नजीकैको स्थानमा मेरो इच्छा अनुसारनै डल कुसन बनाउने तालिम प्राप्त गरे । तालिम पश्चात् मेरा उत्पादनलाई बजार सम्म लैजानकालागी थप चुनौती हुन्छ भन्ने लागेको थियो । त्यो चुनौती सगँ सामना गर्न मलाई कुमारी हस्तकला सामग्री उत्पादन केन्द्रका सुधा श्रेष्ठ दिदिले सहयोग गर्छु भन्नु भएको छ । मलाई उहाँहरु सगँको भेटले थप उर्जा मिलेको छ । मैले यहि व्यवसायलाई अगाडी बढाउदै लैजाने सोच गरेको छु । विस्तारै हाल मैले बिभिन्न व्यक्तिहरुको माग बमोजीक व्यवसायीक रुपमा काम सुरु गरीरहेको छु । मैले व्यवसायीक रुपमा काम गर्दै अगाडी बढ्न सके भने म जस्तै अपागं भएका व्यक्ति हरुलाई अवसर प्रदान गर्ने छु भन्ने लागेको छ । कोरोना र लगडाउनको कारणसोचे जती गर्न नसकेपनि सुरुवात गर्न पाएकोमा खुशी छु । खालीसमय घरमै बसीरहदा अनेकौ नकारात्मकुराहरु सोच्ने गर्दथे आज नकारात्म प्रभाव बाट बचेको महशुस गरेको छु । म जस्ता अनेकौ साथीहरु भेटेको छु उहाँहरुको पिडा मेरो भन्दा दुखदायी छ । आजभोली फुर्सतको समयका किताव पढ्न मन पर्छ घरको सक्दो काममा परिवारलाई सहयोग गरेर विताउछु । कुनै समय आफ्नो भाग्यलाई दोषी देख्ने मान्छे म आज आएर सोचमा परिवर्तन भएको महशुस गरेको छु । अव मैले म सगँ जे जस्तो क्षमता छ त्यसलाई प्रयोगमा ल्याउनु पर्दछ भन्ने सोच्न थाली सकेको छु । बाकी समय म जस्तै अवस्था भएका साथीहरुको जिवन परिवर्तनकालागी काम गर्ने मन छ । अपागंता भएका व्यक्तिलाई सहानुभुती होइन हौसला र अवसरको खाँचो छ अवसर दिएमा अपागंता भएका व्यक्ति सक्षम बन्न सक्छन् भन्ने सन्देश समाजमा स्थापित गर्नकालागी सदैवलागि पर्ने छु ।
प्रतिक्रिया