ताजा अपडेट »

एसईई–२०७५ : कालिकाकी सविना र होराइजनका ७ जनाको जिपिए ४

विहीबार, १२ असार २०७६, १७ : ५१
18 Shares
विहीबार, १२ असार २०७६
18 Shares

असार १२,
ग्लोबल आवाज
बुटवल । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबार सार्वजनीक भएको नतिजामा हालसम्मको जानकारी अनुसार रुपन्देहीबाट ४ जिपीए ल्याउने विद्यार्थीको संख्या ८ जना पुगेको छ ।

रुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट परीक्षामा सहभागि सविना सुवेदीले ४ जिपिए प्राप्त गर्न सफल भएको विद्यालयले जानकारी दिएको छ । त्यसैगरी निजी विद्यालयकोतर्फबाट बुटवलकै न्यू होराइजन उच्चमाविका ७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको विद्यालयका सह प्राचार्य बालकृष्ण भण्डारीले जानकारी गराए । बुटवल स्थित तिनाउ इङलिश बोर्डिङ स्कूलका छात्र सुनील ज्ञावाली र लुम्बिनी बोर्डिङ स्कूलका सिद्धार्थ थापाले ३ दशमलव ९५ जिपिए प्राप्त गरेका छन् भने स्कलर्सहोम बोर्डिङ स्कूलका सिर्जन सुवेदीले ३ दशमलव ९ जीपीए अंक प्राप्त गरेका छन् । दिप बोर्डिङ हाइस्कूलका हिमाल पाण्डे र असिम भण्डारीले समान ३ दशमलव ९ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ । बुटवल पब्लिक स्कूलकी मनिसा सोमैले पनि ३ दशमलव ९ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।