ताजा अपडेट »

पल्सर एनएस-२०० र यामाहा एफजेड-२५ उत्कृष्ट कुन ?

विहीबार, १२ असार २०७६, ११ : ३८
26 Shares
विहीबार, १२ असार २०७६
26 Shares

काठमाडौं । पछिल्लो समय मोटरसाइकल चढ्ने, किन्न चाहने मानिसको संख्या ह्वात्तै बढेको छ । हाल, नेपाली बजारमा आकर्षक बनोट, उच्च पर्फमेन्स र आकर्षक मूल्यका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् । 

यसैबीच, हामीले बनावट, मूल्य, इन्जिन पावर क्षमता, विशेषता लगायतका पक्षमा निक्कै समानता रहेका तर, एक अर्कामा प्रतिस्पर्धा गरिरहेका पल्सर एनएस २००, यामाहा एफजेड २५ बीच तुलनात्मक अध्ययन गरेका छौं ।

इन्जिन

पल्सर एनएनस २०० मा १९९.५ सीसी लिक्वीड कुल्ड कार्बुरेटर सिगंल सिलिन्डर इन्जिन लगाइएको छ । यसले ९ हजार ५ सय आरपीएममा २३.१७ बीएच पावरका साथै ८ हजार आरपीएममा १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा सेल्फ स्टार्ट मेकानिजम, ६ स्पीड गियरबक्स दिइएको छ भने, वेट मल्टी डिस्क हाइड्रोलिक क्लच लगाइएको छ ।

यामाहा एफजेड २५ मा  सिगंल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन लगाइएको छ । यसले ८ हजार आरपीएममा २०.६ बीएच पावरका साथै ६ हजार आपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स र वेट मल्टी डिस्क हाइड्रोलिक क्लच दिइएको छ ।

माइलेज र टपस्पीड क्षमता

पल्सर एनएनस २०० मा १२ लिटर इन्धन क्षमताको इन्धन ट्यांकी लगाइएको छ भने, यमाहा एफजेड २५ मा १४ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।

पल्सर एनएनस २०० ले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा १३६ प्रतिकिलोमिटर रहेको छ । यस्तै, यमाहा एफजेड २५ को टपस्पीड क्षमता प्रतिघन्टा १४३ किलोमिटर रहेको छ । यसले  प्रटिलिटर ३० किलोमिटर माइलेज दिन्छ ।

डायेमेन्सन र तौल

पल्सर एनएनस २०० को तौल १५२ केजी रहेको छ । यसको लम्बाइ २०१७ एमएम, चौडाई ८०४ एनएम र उचाई १०७५ एमएम रहेको छ । यसमा १३६३ एमएम को ह्वीलवेश र १६७ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको सिट हाइट ८०५ एमएम रहेको छ ।

यस्तै, यामाहा एफ जेड २५ को तौल १४८ केजी, लम्बाई २०१५ एमएम,  चौडाई ७७० एमएम, उचाई १०७५ एमएम रहेको छ । १३६० एमएमको ह्वीलवेश दिइएको मोटरसाइकलमा ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । यसको सिट हाइट  ७९५ एमएम रहेको छ ।

विशेषता

एनएस २०० मा एलइडी लाइट दिइएको छ । पल्सर एनएनस २०० मा रोड ग्रिप प्रदान गर्ने रियर टायर, एग्रेशिप र मस्कुलर लुक, ब्यालेन्स र स्टेबिलीटीको फिचर दिइएको छ । यसमा उत्कृष्ट ब्रेकिंग, एएचओ, बिएसआइभी इन्जिन दिइएको छ । यसमा एनालग टेकोमिटर दिइएको छ । दुई वटै मोटरसाइकलमा डिजीटल स्पिडोमिटर दिइएको छ । यामाहा एफजेड २५मा फ्युल वार्निङ इन्डिकेटर दिइएको छ । दुबै मोटरसाइकलमा फ्युल गज, पिलीयन ग्राबेल, इन्जिन किल स्विच, क्लक, डिजीटल ट्रिप मिटर टाइप, ट्रिपमिटर काउन्ट र पास लाइट दिइएको छ ।

मूल्य

बजाज एनएस २०० को मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको छ भने यामाहा एफजेड २५ को मूल्य ३ लाख ८९ हजार रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।