ताजा अपडेट »

यामाहाले ल्यायो एबीएस सहितको स्कुटर

बुधबार, ११ असार २०७६, ०८ : ४१
28 Shares
बुधबार, ११ असार २०७६
28 Shares


असार ११,

काठमाण्डौं । यामाहाको नयाँ स्कुटर एनम्याक्स नेपाल भित्रिएको छ । १ सय ५५ सीसी इन्जिन क्षमताको यामाहाको हेवी स्कुटर पहिलो पटक नेपाल भित्रिएको हो । योसँगै यामाहाले नेपालमा स्कुटरमा भेरियन्ट बढाएको छ । 

यो स्कुटरमा १ सय ५५ सीसी इन्जिन रहेको छ जसले ८ हजार आपीएममा १४.८ पीएस पावर र ६ हजार आरपीएममा १३.५ एनएम टर्क दिन्छ । त्यस्तै एनम्याक्समा एलइडी लाइट सेटअप, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एबीएस, फ्रन्ट तथा रेयर डिस ब्रेकलगायत विशेषता रहेको छ । 

स्कुटरमा किलेस स्र्टाटको सुविधासमेत उपलब्ध रहेको छ । त्यस्तै एनम्याक्समा ६.६ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ । हेर्दा निक्कै आकर्षक देखिने यो स्कुटर नेपाली बजारमा हाल परिक्षणको क्रममा रहेको छ । 

परिक्षण सफल भएपछि यो स्कुटरलाई नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज स्रोतले जानकारी दिएको छ ।  नेपालमा यसको मूल्य करिब ३ लाख २५ हजार रुपैयाँसम्म पर्ने अनुमान लगाईको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।