काठमाडौं । डिस होमको नेतृत्वमा प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध भएको छ । डिस होमले सम्पूर्ण केबल सञ्चालकलाई एउटै थलोमा ल्याएर टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लाग्ने विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका हुन । सोमबार दिउँसो ३ बजेबाट क्लिन फिड लागू हुने विदेशी च्यानल सांकेतिक रुपमा बन्द गरिएका छन् ।
विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुन नहुने तर्क पेश गर्दै उनीहरुले विदेशी च्यानल बन्द गरेको बताएका छन् । यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले भोलि मंगलबार दिउँसो ३ बजेसम्म विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने धम्की दिएका छन ।
इन्डियन ब्रोडकास्टर फोरमले नेपालमा रहेका भारतीय च्यानलहरुमा भारतबाटै निशुल्क विज्ञापन देखाउन पाइरहेकाले विरोध गर्दै आइरहेको थियो । यसभन्दा पहिलाका सरकारले विदेशी च्यानल एक घण्टा पनि बन्द गर्ने आँट गर्न सकेका थिएनन ।
क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दावी छ ।
सांकेतिक रुपमा बन्द गर्दै भारत सरकासँग गुहार माग्ने अस्त्र बनाएका छन् । पत्रकार सम्मेलनमा उनीहरुले नेपाल सरकारलाई भोलि आउने परिस्थितिबारे अहिले नै अवगत गराइएको समेत भन्न भ्याएका थिए ।
इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्त रुपमा विदेशी च्यानल प्रसारणमा रोक लगाउँदा उपभोत्ता मारमा परेका छन् । विदेशी च्यानलमा क्लिन फड लगाउने विज्ञापनरहित बनाउने) व्यवस्थाप्रति केबल टिभी सञ्चालकहरुको विरोध छ । तर, शुल्क तिरेर हेरिने विदेशी च्यानल विज्ञापनरहित हुनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन नै छ ।
उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रुपमा असूलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् । प्रतिनिधिसभामा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण बन्द गराएका हुन् ।
प्रतिक्रिया