ताजा अपडेट »

स्कोडाले ल्यायो र्‍यापिडको ओनिक्स भेरियन्ट

सोमबार, ०९ असार २०७६, ११ : १८
10 Shares
सोमबार, ०९ असार २०७६
10 Shares

काठमाडौं । नेपालका लागि स्कोडा गाडीको आधिकारिक वितरक स्कोडा एमएडब्लु इन्टरप्राइजेजले र्‍यापिडको ओनिक्स भेरिएन्ट नेपाली बजारमा ल्याएको छ । कम्पनीले अहिले उक्त गाडीको एउटा मात्र भेरियन्ट उपलब्ध गरेको जानकारी दिएको छ । 

र्‍यापिडमा ओनिक्सलाई स्टाइल र एम्बिसनको बीचको भेरिएन्टको रुपमा लिने गरिन्नछ । कम्पनीले नयाँ ओनिक्स भेरियन्टको मूल्य ४८ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा स्कोडा र्‍यापिडको सुरुवाति मूल्य ३८ लाख ४५ हजार र फुल अप्सनको मूल्य ५२ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ ।

स्कोडा एमएडब्लु इन्टरप्राइजेजले बजारमा स्कोडा र्‍यापिडको फेसलिफ्ट भर्सन बिक्री वितरण गर्दै आएको थियो । जसमा एक्टिभ, एम्बिसन र स्टाइल भेरियन्ट थिए । कम्पनीले नेपालको बिभिन्न क्षेत्रमा रहेको आफ्नो आधिकारिक शोरुमहरुबाट यसको बिक्री वितरण गर्दै आएको थियो । अब भने कम्पनीले नयाँ ओनिक्स भेरियन्टको पनि बिक्री वितरण गर्ने छ । 

सेग्मेन्टमै उच्च ग्राउन्ड क्लियरेन्स रहेको यो गाडी निकै आर्कषक देखिएको छ ।  १६०० सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध र्‍यापिड कारहरु नेपाली बजारमा निकै रुचाइएको कार हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।