ताजा अपडेट »

इलेक्ट्रीक कारको नाम ‘दा भिन्ची’, यस्तो हुनेछ मूल्य र माइलेज

सोमबार, ०९ असार २०७६, ११ : १३
18 Shares
सोमबार, ०९ असार २०७६
18 Shares

काठमाडौं । लियोनार्दो दा भिन्ची इटालीयन कलाकार, आविष्कारक तथा  एक चिन्तक । अहिले देखिएका कयौ आविष्कारहरुको ब्लुप्रिन्ट उनले सन् १४०० को दशकमा कोरिसकेका  थिए ।  

दा भिन्चीले मोनालीसाको तस्वीर विश्वलाई अहिलेसम्म पनि रहस्यमय तथा चर्चित उपहारको रुपमा दिएर गएका छन् । यस्ता बहुआयामिक दा भिन्चीको नाममा नेपालमा इलेक्ट्रीक कार बनिरहेको छ । नेपालको पहिलो गाडी उत्पादक कम्पनी हुलास मोटर्सले उत्पादन गरिरहेको इलेक्ट्रीक कारको नाम ‘दा भिन्ची’ राखेको छ ।

कम्पनीका अनुसार यो गाडी मध्यम वर्ग लक्षित गरेर निर्माण गरिएको छ, जसलाई मध्यम आए भएका परिवारले सहजै खरिद गर्न सक्ने छन् । यस कारमा रहेका फिचरहरु मूल्यभन्दा निकै उत्कृष्ट रहने छ । 

यो कार निकै सुन्दर कम्प्याक्ट र चलाउन असाध्यै सजिलो हुनेछ । कारमा गियर हुने छैन भने काठमाडौंको व्यस्थ ट्राफिकमा पनि चलाउन सहज हुनेछ । जीरो इमिसन अर्थात वातावरणमैत्री रहने छ । यो कार वातानकुलीत हुनेछ जसलाई चलाएर हिड्न जाडो वा गर्मी दुबै मौसममा आरामदायी हुनेछ ।

प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने यो कार सहरी क्षेत्रमा दैनिक कार्य गर्न पर्याप्त रहने छ । साथै कारमा एक पटकको फुल चार्जमा १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । यसलाई घरको सामान्य प्लगमा जोडेर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ । 

कारमा आधुनिक फिचर दिइएको छ । पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टमजस्ता फिचरले कारलाई निकै मोर्डन बनाउने छ । 

कार व्याकगर्दा सहज होस् भनेर कारमा रियर क्यामरा र रियस सेन्सर जस्ता फिचर दिइएको छ । आज भोलिका कारमा टचस्कृन भएन भने ड्यासबोर्ड खाली जस्तै देखिन्छ । त्यसैले यसलाई पुरा गर्न कम्पनीले ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइने छ । 

केही वर्ष अगाडि नेपालमा चर्चित भएको टाटाको नानो कार भन्दा केही ठूलो साइजमा बन्ने यो कार २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने छ । नेपालको बाटोको अवस्थालाई मध्यनजर राख्दै तयार गरिएको यो कारमा १ सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स रहने जनाइएको छ । यो ग्राउन्ड क्लियरेन्स इलेक्ट्रीक कारमा उत्कृष्ट हो । 

पाँच जना यात्रु बस्ने सीट रहेको यो कारको तौल ८ सय केजी रहने कम्पनीले जनाएको छ । यसको मूल्य १५ देखि २० लाख भित्रै रहने कम्पनीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।