रेनोले इलेक्ट्रीक सवारीसाधनको उत्पादनलाई विशेष प्राथमिकतामा राख्दै सन् २०२० को अप्रिलबाट डिजेल इन्जिनयुक्त गाडीको उत्पादन बन्द गर्दै जाने घोषणा गरेको छ । कम्पनीले भारतमा लागु हुने नयाँ प्रदूषण मापदन्ड बीएस–६ अनुरुप मापदन्ड नपुगेका डिजेल गाडीको उत्पादन बन्द गर्ने घोषणा गरेको हो ।
एकैपटक डिजेल पावरट्रेन युक्त कारको उत्पादन बन्द गर्न असंभव भएतापनि विस्तारै नतिजामा पुग्ने कम्पनीको योजना छ । कम्पनीले आफ्ना उच्च मूल्यका डिजेल कारलाई भने अपग्रेड गर्ने योजना बनाएको छ । कम्पनीले केही दिनअघि मात्रै ७ सिट कार ट्राइबर पेट्राल स्पेकसहित बजारमा ल्याएको छ । ट्राइबर १.० लिटर थ्रि सिलिन्डर पेट्रोल इन्जिनमा आएको हो । यसले ७२ पीएस पावरका साथै ९६ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअलका साथै पाँच स्पीड एएमटी ट्रान्समिसन दिइएको छ ।
रेनोका भारतीय प्रतिनिधी थेअरी बोलोरेले विस्तारै डिजेल कारको उत्पादन तथा बिक्री वितरणमा कमी गर्दै लैजाने बताएका छन । उनले इभी मोबिलिटीलाई विस्तार गर्न अन्य कम्पनीसँगको सहकार्यमै अगाडि बढ्ने जानकारी दिए । उनका अनुसार केही समय पश्चात् रेनोले क्वीडको सिएमएफ प्लाटफर्ममा निर्माण भएको सब फोर मिटर एसयूभी बजारमा ल्याउने छ ।
प्रतिक्रिया