ताजा अपडेट »

विवादित कम्पनीलाई ७८ करोडको ठेक्का

आइतबार, ०८ असार २०७६, ०९ : २५
10 Shares
आइतबार, ०८ असार २०७६
10 Shares

असार ८,

काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी (७० लाख ६६ हजार ८ सय ८८ डलर) को आयोजना जिम्मा दिने निर्णय गरेको छ ।

प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी (जेभी) लाई सम्झौताका लागि आउन पत्राचार गरेको छ ।यो कम्पनीमाथि मलेसियामा प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्न नसकेको आरोप छ ।मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले मोबाइल ब्लकिङ सेवा सञ्चालनका लागि न्युमेरालाई जिम्मा दिएको थियो । -कान्तिपुर दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।