बुटवल । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।कर्णाली सरकारलाई विश्वासको मत दिनेक्रममा माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मबहादुर थापालाई सांसदबाट निष्कासन गरिएको हो।वैशाख १० गते बालुवाटारमा बसेको ओली पक्षको महाधिवेशन आयोजक कमिटी बैठकले उनीहरुलाई प्रदेशसभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया