ताजा अपडेट »

एनएस–२०० को परिमार्जित भर्सन नेपाली बजारमा

शनिबार, ०७ असार २०७६, ११ : ४२
24 Shares
शनिबार, ०७ असार २०७६
24 Shares

काठमाण्डौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता एचएच बजाजले आफ्नो चर्चित नेकेड बाइक एनएस–२०० को परिमार्जित भर्सन नेपाली बजारमा भित्र्याउने भएको छ । 

आगामी भदौ १० गतेबाट हुने नाडा अटो शो २०१९ मा एनएस–२०० को एबीएस भर्सन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्वाधिक बिक्री हुने बाइक हो । अहिले बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुबिधा उपलब्ध छैन । 

अब आउने परिमार्जित मोडलमा भने सिंगल च्यानल एबीएस रहेको छ । उक्त मोडललाई बजाजले केही समयअघि भारतीय बजारमा सार्वजनिक गरेको थियो । यो बाइकमा १९९ सीसी सिगंल सिलिन्डर ४ भल्भ, लिक्वीड कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९ हजार ५ सय आरपीएममा २३.१७ बीएच पावर तथा ८ हजार आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्छ । 

एनएस–२०० अत्याधिक पावरमा कारण समेत युवावर्गको पहिलो रोजाइमा पर्न सफल भएको हो । बाइकको फ्रन्टमा एन्टी फ्रिक्सन टेलिस्कोप फर्क रहेको छ भने, रियरमा निट्रोक्स मोनोशक रहेको छ । 

यसमा डे टाइम रनिङ हेडलाइट र एलइडी टेलल्याम्प दिइएको छ । ६ स्पीडको गियर बक्स रहेको बाइकमा मल्टी डिस्क हाइड्रोलिक कल्च रहेको छ । ब्रेकिङमा एबीएससहित फ्रन्टमा ३०० र रियरमा २३० एमएमको क्यालीपर पेटल डिस्क ब्रेक उपलब्ध रहेको छ । 

१७ इन्चको ट्यूवलेस अलोय ह्वील रहेको बाइकमा सेमी डिजिटल कन्सोल रहेको छ । एनालग टेकोमिटर दिइएको बाइकमा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर, क्लक जस्ता डिजिटल फिचर रहेको छन् ।  यो बाइकले प्राइस लुक पावरका आधारमा एफजेड–२५०, सीएफमोटो–२५० एनके डुक–२०० जस्ता बाइकसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । अहिले बिक्री भइरहेको रेगुलर भर्सन (नन् एबीएस) को मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।