ताजा अपडेट »

बुटवलमा शैक्षिक अन्तरक्रिया

विहीबार, ०९ बैशाख २०७८, १५ : ५७
24 Shares
विहीबार, ०९ बैशाख २०७८
24 Shares

 बुटवल । काठमाडौं वल्ड स्कुलले सञ्चालन गरेको  शिक्षाको विकासका लागि नेपाल टुर अभियानले बुटवलमा शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।बिहीवार बुटवलमा कार्यक्रम आयोजना गर्दै स्कुलका प्रतिनिधिले पछिल्लो समयको शिक्षा परिष्कृत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष ई मिथलेश कुमार झाले अहिलेका बालबालिकाको प्रतिश्प्रधा नेपालका बालबालिकासँग मात्र नभई विश्वव्यापी विद्यार्थीसँग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने बताए ।

उनले आईटी क्षेत्रमा अहिले धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकले पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले २०५० सम्ममा शिक्षाको नया ट्रेन्ड आउने बताउँदै समय परिवेश अनुसार आफूलाई तयार गर्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रम काठमाडौँ वर्ड स्कुलका प्रिन्सिपल केशर बहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउँदै बालबालिकाको शिक्षामा लगानी गरेमात्रै सन्तान सफल हुने दाबी गरे ।

बुटवलको कार्यक्रम भब्य रुपमा सफल भएको ड्रिम हाईज नेपालका प्रमुख कमल जिसीले बताए ।कार्यक्रमको सञ्चालन आविष्कार पराजुलीले गरेका थिए । सो स्कुल नेपालमा सबैभन्दा बिशिष्टकृत स्कुलका रुपमा बिगत ३ बर्षदेखि ख्याति प्राप्त रहेको छ ।

विद्यार्थीको राम्रो भविष्यका लागि काठमाडौँ वल्ड स्कुलले सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे ।अन्तरक्रियात्मक कार्यक्रममा रूपन्देहीका शैक्षिक क्षेत्रका सरोकारवाला, पत्रकार तथा अभिभावकहरूको बाक्लो सहभागिता रहेको थियो । सो स्कुल काठमाण्डौको सूर्यविनायक ७ मा  रहेको  छ ।आधुनिक शिकाईको माध्यमबाट विद्यालय साताभित्रै स्विमिङ पुल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा सञ्चालन गरेको स्कुलले जनाएको छ ।सो स्कुलमा एक विद्यार्थीको मासिक शुल्क ४५ हजारदेखि माथि रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।