ताजा अपडेट »

कोरोनाबाट कोहलपुरका थप दुई जनाको मृत्यु

मंगलबार, ०७ बैशाख २०७८, ०९ : ०९
10 Shares
मंगलबार, ०७ बैशाख २०७८
10 Shares

नेपालगन्ज । बाँकेमा थप दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर नगरपालिका वडा नम्बर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने गएराति मात्र पोजिटिभ आएको थियो । स्वास्थ्य समस्या आएपछि उनी सोमबार विहान उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै गएराति मृत्यु भएका ७७ वर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि सोमबार विहान मेडिकल कलेज ल्याइएको थियो । स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।

राति नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा अस्पतालको गेटैमा मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणका कारण बाँकेका ६३ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।