बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिँदै माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तिरक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुर्दशन बरालले पदबाट राजिनामा दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे लगत्तै उनीहरुले मन्त्री पदबाट राजिनामा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको एकीकरण र जनभावना विपरीत, आफ्ना कदमहरु निरन्तर अगाडी बढाइ रहेकाले उक्त कदमको समर्थन गर्दै सरकारमा रहिरहन विचार, दृष्टिकोण र नैतिकताका हिसावले नमिल्ने हुँदा राजीनामा दिएको मुख्यमन्त्री पोखरेललाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले भावी मुख्यमन्त्रीको रुपमा कुल प्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया